ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

९ महिना पछि नेपाल भारत उडान खुल्दै, पुस २ बाट नियमित एक–एक उडान

मंसिर २६, कडमाडौं । कोभिड–१९का कारण ९ महिना देखि बन्द रहेको नेपाल भार हवाई उडान पुस २ गते बाट खुल्ने भएको छ । नेपालले डेढ साता अघि पठाएको सम्झौंताको भारतले विहीबार जवाफ पठाउँदै पुस २ गतेदेखि उडान थाल्ने जानकारी दिएको हो । हवाई उडान एयर बबल ट्राभल सम्झौंताका आधारमा खोल्न दुबै देश सहमत भएका हुन ।


सहमति अनुसार नेपालको तर्फबाट नेपाल वायुसेवा निगम र भारतका तर्फबाट एयर इन्डियामार्फत काठमाडौ–नयाँदिल्ली दैनिक एक–एक उडान हुनेछ ।

निगमले समेत उडानका लागि सबै तयारी पूरा गरिसकेको छ । निगमका अनुसार एयरबस–३२०मार्फत उडान सुरु हुनेछ । यात्रुको चाप बढ्दै गएमा वाइडबडी मार्फत उडान गर्ने निगमले जनाएको छ ।

भारतले भदौं ७ गते नेपाललाई एयर बबल ट्राभल सम्झौंताका लागि नेपाललाई प्रस्ताव पठाएको थियो। भारतले नियमित उडान नहुँदा उपचार, अध्ययन, व्यापारका लागि आउजाउ गर्ने नेपाली र भारतीय नागरिकलाई सेवा दिने उद्देश्यले यो सम्झौता नेपाली दूतावासमा पठाएको थियो ।

यसैविच पर्यटनमन्त्री भट्टराईले नेपाल–बंगलादेशबीच पनि उडान खोल्ने गृहकार्य भइरहेको बताएका छन् । बंगलादेशसँग पनि उडान खोल्न कुटनीतिक पहल भइरहेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *