खर्च कटौतिदेखि प्रशासनिक खर्चमा कमि हुने भन्दै हप्तामा दुई दिन सार्वजनिक विदा दिन कार्यादलको सिफारीस
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको कार्यादलले सातामा दुई दिन विदा दिन सिफारिस गरेको छ ।
मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित अध्ययन कार्यादलले अध्ययन पश्चात सातामा दुई दिन विदा दिन सिफारीस गरेको हो ।
भट्टराईको संयोजकत्वमा गठित कार्यादल पर्यटन विभागका महानिर्देशक रुदसिंह तमाङ, नेपाल पर्यटन बोर्डका सिइओ डाक्टर धन्नजय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेब घिमिरेलगायत अर्थ र संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयका प्रतिनिधि रहेका थिए ।
समितिले सातामा दुई दिन विदा दिदा खर्च कटौतिदेखि प्रशासनिक खर्चमा कमि हुने निष्कर्ष निकालेको समितिले विश्वका ८८ प्रतिशत देशमा २ दिन बिदा दिने प्रचलन रहेको र १२ प्रतिशत देशमा भने एक दिन सार्वजनिक बिदा दिने गरिएको विवरण पेश गरेको छ ।
सातामा दुई दिन बिदा कायम गर्दा आर्थिक रुपले कर्मचारी, कार्यालय र संस्थाहरूको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्न, पर्यटकीय दृष्टिले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने, सामाजिक दृष्टिले लंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम हुने, पारिवारिक सामीप्यता कायम हुने, पर्यावरणीय दृष्टिले सकारात्मक प्रभाव पर्नसक्ने समितिको निष्कर्ष छ।