ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बेलायती औषधि नियमक निकायले एनाफिलेक्सिस भएका व्यक्तिले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको खोप नलगाउन सुझाब

फाइजरको खोप लगाएका केहि मानिसहरुलाई एलर्जी उत्पन्न भएपछि नियमक निकायले नलगाउन सुझाव दिएका छन् । एनाफिलेक्सिस केहि औषधी एवंम खानेकुरा खादा गम्भिर एलर्जी उत्पन्न हुने रोग हो ।यो रोग लाग्दा अचेत हुने, श्वासप्रश्वासमा कठिनाई र धड्कन छिटो चल्नेजस्ता लक्षणहरु देखा पर्छ ।

मेडिसिन एण्ड हेल्थकेर प्रोडक्ट रेगुलटरी एजेन्सी एमएचआरएका प्रमूख कार्यकारी जुन राइनले कुनै व्यक्तिलाई विगतमा एनाफिलेक्सिस भएको भए फाइजरको खोप प्रयोग नगर्न आग्रह गरेकी छिन् ।

गतसाता एमएचआरएले फाइजरको खोप सबै भन्दा पहिले युकेलाइ आपतकालिन प्रयोगका लागि अनुमति दिएको थियो । फाइजरको खोप आम सर्वसाधारणमा प्रयोग गर्न पहिलो मुलुक बनेको बेलायतले मंगलबारबाट खोप अभियान सुरु गरिसकेको छ । तर बृहत खोप अभियानका क्रममा खोप लगाएका तीन जनामा एलर्जी देखिएको रिपोर्ट आएको छ । खोप लगाएका ३ मध्ये २ जना विगतमा एनाफिलेक्सिसबाट पिडित भएको पाइएको जनाएको छ । २ जनामा साइडइफेक्ट देखिएपछि एमएचआरले कोरोना खोपबारे नयाँ निर्देशिका जारी गर्ने भएको छ ।

खोप अभियान ७० अस्पतालमा चलिरहेको छ । जसअन्तर्गत ८० वर्ष उमेरमाथि र अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई खोप दिने लक्ष्य रहेको छ । बेलायतले फाइजर खोपको ४ करोड डोज अर्डर गरेको थियो । फाइजरको खोप माइनस ८० डिग्री सेल्सियसमा भण्डार गर्नुपर्ने हुन्छ । यसैबीच फाइजरको खोप आकस्मिक प्रयोगमा अनुमति बेलायत पछि बहराइन र तेस्रो क्यानडा बनेको छ ।

विभिन्न कम्पनीहरुले निर्माण गरेका खोपहरु मध्ये फाइजरको खोप ९५ प्रतिशत सुरक्षित र प्रभावकारी देखिएपछि यसले कोरोना महामारी अन्त्य गर्न सघाउने आशा गरिएको छ ।अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडिएले आपतकालिन प्रयोगमा अनुमति दिने विषयमा विचार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *