पछिल्लो चौविस घण्टामा थप १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि

देशभरका विभिन्न प्रयोगशालामा गरीएको ७ हजार २ सय ३२ नमुना परीक्षणमा काठमाडौं उपत्यकामा ४ सय ४ जना सहित १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म कोरोना पुष्टि हुनेको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।
यसैगरि गत चौविस घण्टामा थप १२ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ६३ पुगेको छ ।
त्यस्तै चौबिस घण्टामा १ हजार ६४ सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ । हाल देशभर क्वारेन्टिनमा ५ सय १५ जना रहेका छन भने सक्रिय संक्रमितको संख्या १२ हजार ३ सय ८६ रहेको छ ।।