जनसङ्ख्या बढाउन जापानमा आर्टिफ़िशियल इंटेलिजेंसको प्रयोग
एजेन्सी– जापान विश्वमा सवै भन्दा कम प्रजन्न हुने देशको सुचिमा अग्र स्थानमा पर्छ ।
गत बर्ष जापानमा जम्मा ८ लाख ६५ हजार बच्चाले जन्म लिएको सरकारी तथ्याङ्कले देखाउछ । यो तुलनात्मक रुपमा एक दमै कम हो ।
सुविधा संपन्न देश, प्रजनन् प्रति अभिभावकको अरुचिका कारण जापानमा
जन्म दर बढाउन आर्टिफ़िशियल इंटेलिजेंस (IA) म्याचिक गर्ने योजना बनाएको छ । जसमा जापानका नागरिकले आफ्नो प्रेमी प्रमिकाको खोजी गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
जापानमा वृद्ध– वृद्धाको सङ्ख्या बढि छ भने प्रजनन् उमेर समुहका व्यक्तिको सङ्ख्या कम छ । तेसैले जापान जन्म पक्षको नीति लिएको छ ।