ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मानव अधिकार कर्मी भन्छन् नेपालका मानवअधिकारको अवस्था दयनीय

मंसिर २५, काठमाडौं । ७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको दिन सरकारले नेपालमा मानव अधिकारको अवस्था संन्तोष जनक रहेको बताएपनि मानव अधिकार कर्मीले भने त्यसको ठाडो प्रतिवाद गरेका छन् । हत्या हिंसा, बलातकार र कुटपिटका घटनामा वृिद्धमात्र हैन स्वयम् आयोगको अधिकार समेत संकुचन गर्न खोजेको आरोप लगाएका छन् ।
मानवअधिकारका सवै पक्षमा सरकार सचेत रहेको भन्दै समृद्ध मुलुकको लागि स्वस्थ्य नागरिक उत्पादनमा सरकारको ध्यान केन्द्रित रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरिरहदाँ मानव अधिकारका कर्मीहरुले भने नेपालको मानव अधिकारको अवस्था ज्यादै दयनीय रहेको टिप्पणी गरेका छन् ।
मानव अधिकार हननका घटनाहरु दिन प्रतिदिन बढ्दो छ । राष्ट्रिय मानव अधिकार आयोगको अधिकार खोस्ने गरी कानुन बनाउन खजेको भन्दै आयोगक आफै पिडामा छ भने आयोगले कारवाहीका लागि सिफारीस गरेका मुद्दा समेत सरकारले वेखवर जस्तै बनेको छ । यस्तो अवस्थामा नेपालको मानव अधिकारको अवस्थाका बारेमा विश्व समुदायको ध्यान केन्द्रित भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सहकार्यका लागि अपिल गरेको छ ।

मानव अधिकार आयोग, मानव अधिकार कर्मी, तथा जनता समेत सरकारी रवैयाबाट हैरान भएका वेला प्रधानमन्त्री भने जे कुरामा पनि आलोचना गर्ने नकारात्मक प्रवृतिको रुपमा व्याख्या गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *