रेल यातायातको विकास र आर्थिक समृद्धि

रेल यातायात देश विकासको महत्वपूर्ण आधार (पुर्वाधार) बन्दै गएको छ । यसले आर्थिक विकासमा पु¥याउने योगदान ऐतिहासिक उदाहरणबाट पनि स्पष्ट हुन्छ । बेलायतको औद्योगीकरणलाई मुख्य गरी रेलको विकासले महत्वपूर्ण भुमिका खेलेको थियो । रेलकै कारण भारत र चीन अहिले संसारकै सबैभन्दा गतिशिल अर्थतन्त्र भएका देश बनेका छन् । यी दुवै देश नेपालका छिमेकी समेत हुन । यी दुई देशमा जसरी रेल सञ्जाल (नेटवर्क) को वृद्धि भइरहको छ । त्यही अनुरुप त्यहाँको आर्थिक अवस्थामा पनि सुधार हँुदै गइरहेको देखिन्छ । चीन र भारतको आर्थिक गतिविधिलाई गतिशील बनाउनको लागि रेल सञ्जालले सहयोग त पु¥याएको छ नै देश विकासमा समेत अभुतपूर्व सहयोग गरिरहको छ । अमेरिकामा रेल प्रणाली २ लाख ५० हजार किलोमिटर रहेको छ । यो संसारकै ठूलो भन्दा ठूलो रेलवे प्रणाली हो । त्यस्तै, रूसमा ८५ हजार, क्यानाडामा ४८ हजार किलोमिटर रेल प्रणाली सञ्चालनमा रहेको छ । छिमेकी मुलुक भारतमा ६८ हजार र उत्तरी छिमेकी चीनमा १ लाख किमी रेल यातायात रहेको छ । यी उदाहरणले पनि विकसित देशको विकासको कारणहरुमध्ये एउटा रेल सञ्जाल हो भन्न सकिन्छ ।
नेपालमा रेल योजना
नेपालमा रेल विकास गर्नुपर्छ भन्ने धारणा पछिल्लो समय प्रबल बन्दै गइरहेको छ । अहिले पूर्व–पश्चिम विद्युतीय रेल, पूर्व–पश्चिम रेल, काठमाडौं मेट्रो रेल काठमाडौं–पोखरा लगायतका रेलको सम्भाव्यता अध्ययन पूरा भइसकेको छ । त्यस्तै, चीनको केरुंग हुदै राजधानी काठमाडौंसम्म निकट भविष्यमा रेलमार्ग निर्माण गर्ने अवधारणा अनुसार आवश्यक अध्ययन गरिने विषय नेपाल र चीनबीचको दुई पक्षिय भेटघाट र भ्रमणमा उठ्ने गरेको छ । केही प्रारम्भिक अध्ययनहरुलाई सुरु गर्ने तयारी पनि भइरहेको छ । काठमाडौं महानगरपालिकाले मोनोरेलको अध्ययन गर्न निजी क्षेत्रलाई अनुमति समेत दिइसकेको छ । त्यस्तै, पूर्व–पश्चिम रेलमार्गअन्तर्गत बर्दिबास–लालबन्दी खण्डमा निर्माण सुरु भएको छ ।
रेल यातायातका फाइदा
रेलमार्गको विकासले आवत जावतको साथै मालसामान सुरक्षित ल्याउन लैजान पनि सस्तो पर्छ । यसबाहेक छोटो समय र कम लागतमा सम्भव बनाउछ । रेल सडकभन्दा भरपर्दो तथा सुरक्षित मध्यम मानिन्छ । अन्य यातायातका प्रकार (मोडहरू) तुलनात्मक रूपमा बढी दुर्घटना पर्ने हुने विश्वव्यापी तथ्याङ्कले देखाएको छ । तर रेल दुर्घटनामा पर्ने सम्भावना न्यून हुन्छ । त्यस्तै, रेल विकासले देशको व्यापार, उद्योग र वाणिज्य विकासमा महत्वपूर्ण सहयोग पु¥याउछ । समग्रमा रेल यातायातले देशको औद्योगीकरणको प्रक्रियामा मद्दत पु¥याउछ । रोजगारीका अवसर सिर्जना गर्छ । रेलको क्षमता अत्यन्तै ठूलो हुन्छ । साथै यसको क्षमता सजिलै थप गर्न सकिन्छ । कतिपय सडक यातायातमार्फत ओसारपसार गर्न नसकिने भारी (तौल) सामानको लामो दूरीसम्म लैजान र ल्याउन पनि रेलयातयात विश्वसनीय मानिन्छ ।
कसरी विकास गर्ने रेलमार्ग
रेल यातायातको विकासका लागि नेपालमा रेल विभागले काम गरिरहेको छ । रेलसम्बन्धी सम्पूर्ण काम गर्ने निकायको रुपमा विभाग रहेपनि नेपालसँग पर्याप्त रेल विकासको अनुभव छैन । नेपालमा अहिलेसम्म जम्मा ५३ किलोमिटर रेलमार्ग रहेको छ । आगामी दिनमा यसलाई वृद्धि गर्नु अत्यावश्यक भइसकेको छ । रेल मार्ग निर्माण को लागि चीन, भारत र मलेसियालगायतका देशहरुबाट विभिन्न समयमा लगानी चासो आउने गरेको छ । जुन विषय आफैमा सकारात्मक हो । नेपालको आर्थिक अवस्था कमजोर रहेकाले पनि अनुभवी देशको सहयोग र लगानीमा रेल यातायातको विकास गर्न सकिन्छ । अहिलेको आवश्यकता भनेको छिमेकी देशस“ग रेल सञ्जालको स्थापित गर्नु रहेको छ । त्यसको लागि भारत र चीन जोड्ने रेलको सञ्जाल विस्तार गर्ने स्पष्ट योजना बनाएर कार्यान्वयनमा लानुपर्ने देखिन्छ । त्यस्तै, देशभित्रको आवश्यकता पूरा गर्नको लागि पूर्व–पश्चिम, उत्तर–दक्षिण तथा ठूला सहरमा रेल यातायात विकास गर्नुपर्ने आवश्यकता छ ।
काठमाडौं उपत्यकामा मेट्रो रेल
काठमाडौं उपत्यका जस्तो करीब ५० लाख जनसंख्या भएको शहरमा मेट्रो रेलको अवश्यकता हुन्छ । यो विश्वव्यापी रुपमै प्रचलित छ । यो किन पनि आवश्यक छ भने अहिले सडक व्यवस्थापन ठूलो समस्या बनिरहेको छ । यसकारण सडक व्यवस्थापनको लागि मेट्रो रेलको विकास आवश्यक भइसकेको छ । काठमाडौं उपत्यकामा १० लाख सवारी साधन छन् । जुन धेरै हो । यति मात्र होइन, हरेक वर्षजसो निजी सवारी साधन थपिने क्रम पनि बढिरहेको छ । उदाहरणका लागि काठमाडौंमा यो वर्ष निजी सवारी साधनमा अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतले बढी रहेको देखिएको छ । रेलको विकासमा लागिएन भने अझ बढ्दै जाने निश्चित छ । यसकारण पनि उपत्यकामा रेल विकास गर्नु पर्ने अनिवार्यता देखिएको हो ।
चुस्त सुरक्षा र दुर्घटनामा कमी
नेपाल संसारमा धेरै सडक दुर्घटना हुने देशमध्येमा पर्छ । यहाँ रेलमार्गको विकास गर्न सकियो भने सुरक्षा पनि रामो हुन्छ । किनिकी यसलाई सडकको तुलनामा बढी विश्वसनीय मानिन्छ । त्यस्तै, तोकिएको समयमा यात्रा गर्ने परिपाटीको विकास हुन्छ ।
संचालन र व्यवस्थापनमा पीपीपी मोडल उत्तम
अहिलेसम्म रेलमार्ग विकास गर्नको लागि जति अध्ययन गरिएको छ, त्यसको निर्माणमा लाग्न जरुरी भइसकेको छ । रेलको विकास सरकार आफैले गर्नु उत्तम हुन्छ । रेल परियोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) मा सफल भएको उदारहरण धेरै वटा छैनन् । त्यसको विकल्पमा सरकारले रेलमार्ग निर्माण गर्ने त्यसपछि संचालन र व्यवस्थापन भने सार्बजनिक निजी साजेदारीमा गर्न सकिन्छ । उदाहरणको लागि दिल्ली मेट्रोलाई लिन सकिन्छ । यो परियोजना कर्पोरेशन बनाएर विकास गरिएको हो । यसको लागि छुट्टै मेट्रो ऐन कार्यान्वयनमा ल्याइएको थियो । नेपालले पनि यहीँ अवधारणाबाट रेल यातायातको विकास गर्न सक्छ ।
विदेशी सहयोग, जनशक्ति र प्रविधि
नेपालले रेल यातायातको विकास गर्ने हो भने विदेशी सहयोग लिन जरुरी हुन्छ । त्यो सहयोग, आर्थिक हुन सक्छ, प्राविधिक हुन सक्छ वा अन्य अनुभव पनि हुन सक्छ । किनभने रेलमार्गको विकास गर्नु भनेको एकदम जटिल कार्य हो । नेपालसँग यसबारेमा पर्याप्त अनुभव छैन । रेलको प्रविधी जटिल प्रविधि हो । त्यसैले कम्तीमा पनि सुरुआती केही योजनामा रेल यातायातको विकासमा विदेशी तथा स्वदेशी जनशक्तिको प्रयोग गर्न पर्छ । यसले रेल परियोजना विकास कसरी गर्ने भनेर अनुभव पनि दिन्छ । आत्मविश्वास पनि बढाउछ । त्यस्तै रेल विकासको छुट्टै परियोजना कार्यालय खोल्न आवश्यक हुन्छ । त्यसमा दक्ष जनशक्तिले स्वतन्त्र रुपले काम गर्न पाउछ ।
लेखक गजुरेल यातायात विज्ञ हुन