ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ज्योति राणाको अध्यक्षमा वुमेन्स कमिसन कमिटी गठन

नेपाल ओलम्पिक कमिटीअन्तर्गत ज्योति राणाको अध्यक्षमा ११ सदस्यीय वुमेन्स कमिसन कमिटी बुधबारगठन भएको छ । कमिसनको अध्यक्षमा राणाको यो दोस्रो कार्यकाल हो । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालयमा आयोजित कमिसन गठनको गरिएको थियो ।

कमिसनको अन्य सदस्यमा बिमला पौडेल, हेल्गा राणा रायमाझी, नन्दा बस्याल, प्रमिला सिंह श्रेष्ठ, प्रतिमा शाह, रेणुका सिटौला, सुधा शाक्य, सुनकेशरी माली, प्रेमा डोल्मा लामा श्रेष्ठ र गीता श्रेष्ठ रहेका छन् ।

कार्यक्रमका अवसरमा अध्यक्ष राणाले कमिसनले महिला खेलाडीको हित र स्वार्थका लागि आवाज उठाउने बताईन । उनले महिला खेलाडीप्रति हुन सक्ने यौन दुव्र्यवहारबारे जनचेतना जगाउने काम पनि हुने बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *