ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गायक सरोज हुसेनको “मनले खोज्छ” बोलको गीत आउँदो शुक्रबार सार्वजनिक हुँदै

गायक तथा संगीतकार सरोज हुसेनको “मनले खोज्छ” बोलको गीत आउँदो शुक्रबार बुढासुब्बा म्युजिक कम्पनीमार्फत सार्वजनिक हुने भएको छ ।

निराजन चौधरीको शब्द र अन्जन श्रेष्ठको संगीत रहेको उक्त गीतमा सरोज आफैले आवाज दिएका छन् । उक्त गीतको भिडियोमा अस्मिता बुढाथोकि र राधा मोहन जैसवालको अभिनय रहेको छ । ३ वटा गीतको अभिनय मार्फत चर्चामा आएकी अस्मीता बूढाथोकी र यसअघि एउटै गीतमा अभिनय गरि चर्चा कमाउन सफल राधा मोहन जैसवालको अभिनयले गीतको भावलाई थप उजागर गरेको छ ।

अन्जन श्रेष्ठको एरेन्जमेन्ट रहेको उक्त गीतमा श्रेष्ठकै मिक्सिङ रहेको छ । सियोन श्रेष्ठको निर्देशन रहेको उक्त गीतमा प्रकास खड्काले छँयांकन गरेका छन् । गीतको प्रोडक्सन एस आर ग्रुप नेपालले गरेको छ भने गीतको दृश्य सम्पादन साथै पोस्ट प्रोडक्सन र सहायक निर्देशन केपी देवकोटाले गरेका छन् ।

यसअघि भोजपुरी तथा मैथली भाषाका ५ वटा गीत सार्वजनिक गरिसकेका हुसेनले पहिलो पटक नेपाली भाषामा गीत सार्वजनिक गर्ने भएका हुन् । चलचित्र भावमा तयार भएको मनले खोज्छ बोलको गीतमा मित्रताको सम्बन्धलाई सामाजिक सन्देश दिन खोजेको संगीत पारखी गायक सरोज हुसेनले बताएका छन् । संगीत पारखी हुसेनले आगामी दिनमा थप नयाँ नयाँ रचना बजारमा ल्याउने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *