ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

वीर अस्पताल पुरानै लयमा अब कोभिड र नन–कोभिड दुबै

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

नेपालकै जेठो अस्पताल वीर अस्पतालले नन कोभिड बिरामीलाई पहिले जस्तै सामान्य र विशेषज्ञ सेवा साविक बमोजिम दिँदै आएको भन्दै सेवा लिनका लागि आह्वान गरेको छ ।

सरकारले कोभिड अस्पताल बनाउने निर्णय गरेपछि बिरामीको संख्या उल्लेख्य रुपमा घट्दै गएकोलेअस्पतालले बुधबार सुचना नै जारी गरेर अब कोभिड र नन कोभिड दुबैलाइ सेवा दिने बताएको छ।

पहिले सामान्य अवस्थामा ३ हजार हाराहारीमा बिरामीहरु आउने गर्दथ्ये भने अहिले मुस्किलले ३ सयको हाराहारीमा पनि बिरामी अस्पताल जादैनन्। बुधबार वीर अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरीले सूचना जारी गर्दै अहिले पनि कोभिड बाहेक अन्य नियमित सेवाहरुलाई पनि निरन्तरता दिदै कोभिडका बिरामीहरुलाइ थप सेवा दिएको स्पष्ट पारेका छन् ।

सरकारले मुलुकै प्रमुख अस्पताल वीरलाई कोभिड अस्पताल बनाउँने निर्णय गरेपछि वीरबाट प्रदान गरीने सम्पुर्ण सेवा प्रभावित बनेको छ ।ती सेवाहरु प्रभावित हुँदा अस्पतालको आम्दानी घटेर कर्मचारीलाई दिने भत्तासमेत दिन नसक्ने अवस्था आएको छ ।जसले गर्दा अस्पतालमा कर्मचारीले ४६ दिनसम्म आन्दोलन गरेर केही दिनअघि मात्रै सम्झौता भएको थियो।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *