ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माग बढ्दै गएकाे सुनकाे उत्पादन दशककै कम, मुल्यमा प्रभाव कति ?

सेयर गर्नुहोस
  • 27
  •  
  •  
  •  
    27
    Shares

मंसिर २४, काठमाडौं । कोरोना महामारीको समयमा सुनको भाउले आकास छुन लागेको छ। कोरोना कहरकै बीच सुनको भाउ अचानक उक्लियो।

पछिल्लो वर्ष अन्तर्राष्ट्रिय स्तरमा सुनको उत्पादनमा एक प्रतिशतको कमी आएको छ। सुन उत्पादनमा आएको यो दशकको सबैभन्दा धेरै गिरावट हो।

केही जानकारको तर्क यो छ की खानीबाट सुन निकाल्ने सीमा अब सकियो। जबसम्म खानीहरूबाट उत्खनन पूरै बन्द गरिँदैन, सुनको उत्पादन घट्दै जानेछ।

सुनको भाउ उच्च हुनुको कारण यो हो की अमेजनको जंगलका खानीहरूबाट ठूलो परिमाणमा अवैध उत्खनन भएको छ।
भाउ बढेकै किन नहोस्, सुनको माग भने घटेको छैन। सीआरएफ इक्विटी रीसर्चका जानकार म्याट मिलरको भनाइ छ जति माग यो बेला छ, त्यस्तो उच्च पहिले कहिल्यै थिएन।

उनका अनुसार संसारभरका बजारमा आउने सुनमध्ये आधा गहना बनाउन प्रयोग हुन्छ। यसमा त्यो भागको गणना छैन, जो जमिनभित्रै छ। बाँकी सुनमा एक चौथाइ केन्द्रिय बैंकहरूले नियन्त्रण गर्छन्। बाँकी लगानीकर्ता या निजी क्षेत्रका कम्पनीहरूले प्रयोग गर्छन्।

भरपर्दो सम्पत्ति
मिलर भन्छन् कोभिडका कारण विश्व अर्थतन्त्र प्रभावित भएको छ। अमेरिकी डलरदेखि रूपैयाँसम्म कमजोर भएको छ। लगभग सबैजसो देशका राज्यकोषको ठूलो हिस्सा महामारी नियन्त्रणमा खर्च भइरहेको छ। नोटको छपाइमा पनि ठूलो रकम उधारो लिइँदैछ।

जानकारहरूका अनुसार यही कारण मुद्राको मूल्य अस्थिर भएको हो। यहीँ अर्कातर्फ सुनलाई भरपर्दो सम्पत्ति मानिन्छ।

कोरोना महामारीले सुनको उत्खनन पनि प्रभावित भएको छ। निकट भविष्यमा यसको आपूर्ति बढ्ने सम्भावना छैन। मिलरको भनाइ छ( सुनको माग अहिले यसैगरी बढेर जान्छ र बजारमा जुन सुन आइरहेको छ, त्यो धेरैजसो पुनर्प्रयोग भएको छ।

मिलर यतिसम्म भन्छन् की आउने समय रिसाइकल गरिएको सुन, सुनका सिक्का, इलेक्ट्रोनिक उपकरणका सर्किट बोर्डसम्ममा प्रयोग हुने सुन पनि भविष्यमा यो धातुको महत्त्वपूर्ण स्रोत बन्नेछ।

२० वर्षमा सुनको जति आपूर्ति भएको छ, त्यसको ३० प्रतिशत रिसाइक्लिङबाटै आएको भन्ने अनुसन्धानबाट पत्ता लागेको छ।

उत्खननको विरोध
सुनलाई रिसाइक्लिनका क्रममा केही विषालु रसायन प्रयोग हुन्छ, जो पर्यावरणका लागि घातक छन्। फेरि पनि सुन खन्ने प्रक्रियाभन्दा केही कम घातक छ।

जर्मनको गोल्ड रिफाइनरीले गरेको हालैको एक अनुसन्धानले भन्छ एक किलो सुन रिसाइकल गर्दा ५३ किलो या त्यही बराबरको कार्बनडाइअक्साइड निस्कन्छ। जबकी खानीबाट सुन निकाल्दा १६ टन या त्यसको बराबर कार्बन डाइअक्साइड निस्कन्छ।

सुन खन्ने प्रक्रियाबाट पर्यावरणमा नकारात्मक प्रभाव पर्छ। त्यसैले संसारमा जहाँ जहाँ सुन खानी छन्, त्यहाँका बासिन्दा उत्खननको विरोध गर्छन्।

विरोधका कारण पनि सुनको उत्पादनमा निकै कमी आएको छ। उदाहरणका लागि चिलीको पास्कुआलामा खानीमा काम यसकारण रोकियो की त्यहाँका बासिन्दा र वातावरणवादीले विरोध गर्न थालेका थिए।

यस्तै उत्तरी आयरल्याण्डको मुलुक टाइरोनमा खानी भएको क्षेत्रका मानिसहरू विरोध गर्दै सडकमै आए। यहाँ धेरै वटा कम्पनीले आफ्ना परियोजना सुरू गर्न चाहेका छन्। तर स्थानीयले लगातार विरोध गरिरहेका छन्। उनीहरूको भनाइ छ( सुन खोस्रँदा पर्यावरणमा जे हानि हुन्छ, त्यसको भर्पाइ हामीले गर्नुपर्छ।

जबकी यही क्षेत्रका मानिसहरू ३० वर्षदेखि रोजगारीको कमीसँग जुधिरहेका छन्। कम्पनीहरूले उनीहरूलाई रोजगारी र सुविधाहरू दिने वाचा गरेका छन्, तैपनि स्थानीय सहमत छैनन्।

खानी भएका ठाउँमा फेरियो जीवनस्तर
सत्य यो पनि हो की जहाँ सुन खानी छन्, त्यहाँका मानिसहरूको जीवनस्तर फेरिएको छ।

अमेरिकाको नेवाडा सुन खानी संसारमै सबैभन्दा ठूलो हो। यहाँबाट बर्सेनी १०० टनभन्दा बढी सुन निकालिन्छ। यस क्षेत्र आसपासका मानिसहरूले खानीका कारण रोजगारी मात्रै पाएका छैनन्, उनीहरूको जीवनस्तर नै फेरिएको छ।

खानीबाट सुनमात्रै निस्कँदैन, त्यसका साथमा अन्य बहुमूल्य धातु, तामा र सीसा पनि निस्कन्छ। उत्तरी आयरल्याण्डको क्युरेगिनाल्ट खानीबाट सुन निकाल्दा आयरल्याण्डको शासन व्यवस्था धेरैपटक बाधा बनिरह्यो। देशमा फैलिएको आतंक र हिंसाका कारण यहाँ काम गर्न निकै मुस्किल थियो।

क्युरेगिनाल्ट, ब्रिटेनमा पाइएको हालसम्मकै सबैभन्दा ठूलो सुनखानी हो।

खानी आसपास २० हजार मानिसको बसोबास छ। यो क्षेत्र प्राकृतिकरूपमा सुन्दर पनि छ। छेउछाउमा घना वन र खेत छन्। यहाँ काम गर्ने कम्पनीहरू स्थानीय बासिन्दालाई खुसी पारेर काम गर्ने वातावरण बनाउन लागिपरे।

कम्पनीले एउटा खुला खाडल शैलीको परियोजनाको साटो भूमिगत तरिकाबाट खन्ने र विदेशमा प्रयोग हुने प्रविधिको मद्दतले छड निकाल्ने योजना पनि बनाए। स्थानीयलाई यतिसम्म भने की ३० प्रतिशतसम्म कम पानीको प्रयोग गर्छौं।

कार्बन उत्सर्जन पनि २५ प्रतिशतसम्म नियन्त्रित गरेर यसलाई युरोपको पहिलो कार्बन न्युट्रल सुरुङ बनाइने छ। तर स्थानीय बासिन्दा कुनै पनि सर्तमा सहमत भएनन्। लगातारका प्रयास सफल नभएपछि कम्पनीले २०१९ मा उक्त परियोजना नै बन्द गर्नुपर्‍यो। बीबीसिबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *