ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल र चीन सम्बन्ध सगरमाथा जस्तै पवित्र र अटल- चिनियाँ राष्ट्रपति सी

सेयर गर्नुहोस
  • 17
  •  
  •  
  •  
    17
    Shares

महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी,
चीन र नेपालले गत वर्ष झुमलङमा (सगरमाथा) को उचाइ घोषणा गर्न सहमत भएका थिए । एक वर्षको अवधिमा हामीले विभिन्‍न चुनौतीहरू पार गर्दै ठोस उपलब्धि हासिल गरेका छौं । दुवै देशको टोलीले प्रतिवध्द भएर अन्तर्राष्ट्रिय उचाइ मापन प्रणाली अनुसार हिमालको उचाइ मापन गर्न सफल भएका छन् । आज म तपाईंसँग संयुक्त रुपमा नेपाल र चीनको तर्फबाट विश्‍वसमक्ष झुमलङमा (सगरमाथा) को नयाँ उचाइ ८,८४८ दशमलब ८६ मिटर रहेको घोषणा गर्न पाउँदा अत्यन्त हर्षित भएको छु ।

झुमलङमा (सगरमाथा) दुई देशको लामो समयदेखिको मित्रताको महत्वपूर्ण प्रतीक हो । दुवै देशका नेताहरुले विगतमा संसारको सबैभन्दा अग्लो शिखर सगरमाथालाई दुई देशको सीमारेखाका रुपमा सीमांकन गरी चीन–नेपाल मित्रता शिखर नामाकरण गरेका थिए । सगरमाथाको नयाँ उचाईको संयुक्त घोषणा आज पनि त्यही परम्पराको निरन्तरता हो । यसले चीन र नेपालबीच मजबुत र सम्बन्धको निरन्तर विकासलाई प्रदर्शित गरेको छ ।

चीन वातावरणीय संरक्षण, हिमालय सम्बन्धित वैज्ञानिक अनुसन्धानमार्फत् अमूल्य विरासत र साझा मातृभूमिको संयुक्त रुपमा संरक्षणका लागि नेपालसँग उन्‍नत सहयोग अघि बढाउन तयार छ । यो वर्ष हामीले द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापनाको ६५औं वर्षगाँठ मनाएका छौं । दुवै देशको संयुक्त पहलबाट हामीले राजनीतिक विश्‍वासका साथै बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)लाई बिस्तारै अघि बढाउन सफल भएका छौं ।

हिमालय वारीपारी बहुआयमिक सम्पर्क सञ्‍जाल यथार्थमा रुपान्तरण हुँदैछ । चीन र नेपाल दुवै देशले आपसमा घनिष्ठ समुदायको विकास गर्दै दुई देशका जनताको आपसी लाभ, साझा भविष्य तथा समृध्दिका लागि रणनीतिक साझेदारीका क्षेत्रमा सहकार्य चिरस्थायी हुनेछ । आगामी दिनमा नेपालमा एकता, स्थायित्व, विकास र समृद्धिको मार्गमा अघि बढोस् भन्‍ने कामना गर्दछु । नेपाल र चीनबीचको सम्बन्ध सदासर्वदा पवित्र झुमलङमा (सगरमाथा) जस्तै अटल रहिरहनेछ ।

(सगरमाथाको नयाँ उचाइ घोषणा सम्वन्धी नेपाल चीन संयुक्त कार्यक्रममा चिनियाँ राष्ट्रपति सीको बधाई सन्देश । चिनियाँ विदेश मन्त्री वाङ यीले बाचन गरेका उक्त सन्देश जस्ताको तस्तै)

Leave a Reply

Your email address will not be published. Required fields are marked *