नेपालमा कोरोनाका कारण थप २३ जनाको मृत्युु

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुशार कोरोनाका कारण मंगलबार थप २३ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६सय ३७ पुगेको छ ।
मन्त्रालयले नियमित रुपमा गर्ने कोरोना अपडेटमा देशभरका ७७ वटा प्रयोगशालाबाट चौबीस घण्टामा ८ हजार ९ सय ५० वटा नमुना परीक्षण गरीएकोमा देशभर १ हजार ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३सय ७७ पुगेको छ ।
गत चौबीस घण्टामा १हजार ६सय ३७ संक्रमित काेराेनामुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख २९ हजार ५४ रहेको छ।देशभर संक्रीय संक्रमितको संख्या १२ हजार ६सय ८६ रहेको छ भने क्वारेन्टिनमा ५ सय २३ जना रहेका छन्।