ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ मन्त्रालयले खटाएको स्थानमा जान नमान्ने डाक्टरहरुलाइ ५ दिने अल्टिमेटम

सेयर गर्नुहोस
  • 1
  •  
  •  
  •  
    1
    Share

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी शिक्षण संस्थाहरुमा चिकित्सकशास्त्र छात्रवृत्तिमा एमडी,एमएस,एमडीएसमा अध्ययन गरि कबुलियतनामा बमोजिम खटाएको स्थानमा ५ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

मन्त्रालयले मंगलबार सूचना जारी गरी छात्रवृति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ अनुसार कबुलियतनामा बमोजिम सरकारी अस्पतालहरुमा खटाइएको स्थानमा ५ दिनभित्र हाजिर हुन डाक्टरहरुलाई निर्देशन दिएको छ ।

चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अध्ययन संस्थान महाराजगञ्जमा अध्यायन सकिएर कबुलियतनामा लिएका डाक्टरहरुलाई निर्देशन दिएको हो । मन्त्रालयले खटाएको स्थानमा ५ दिनभित्र हाजिर नभए छात्रवृत्रिमा अध्ययन गर्दा सरकारको तर्फबाट भएको लगानी असुलउपर गर्न कानुनी प्रक्रिया अघि बढाउने स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *