ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

८६ सेन्टिमिटर उचाई बढेको सर्वौच्च शिखर सगरमाथाको विश्वभर चर्चा

सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ ।

मंगलबार नेपाल र चीनले साझेदारीमा नापिएको विश्वको अग्लो सर्वौच्च शिखर सगरमाथाको उचाइ एकैपटक सार्वजनिक गरिएको हो । सगरमाथाको नयाँ उचा ८८४८.८६ मिटर कायम भएको छ । 

नापी विभागमा नेपाल र चिनले संयुक्त रुपमा नापेको सगरमाथाको नयाँ उचाई  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरेका थिए ।

सगरमाथाको उचाई नेपाल र चीनले छुट्टाछुटुटै मापन गरेको थियो भने विश्वका अन्य मुलुकमा पनि वास्तविक सवौच्च शिखर सगरमाथाको उचाईमा विवाद हुँदै आएको थियो ।  

मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । परराष्ट्रय मन्त्रालयले चीनसँग समन्वय गरी सगरमाथाको उचाईका बिच भएको विवादमा ८८४८.८६ मिटर उचाई कायम गरी एकता ल्याउने महत्वपूर्ण काम  आज भएको छ ।

यो संगै सगरमाथाको नयाँ उचाईको विषयमा विश्वभर चर्चा चलेको छ भने विश्वभरका सन्चार माध्यममा समेत सगरमाथाको नयाँ उचाईको सकारात्मक सन्देश दिईएको छ । यसअघिको सगरमाथाको उचाई ८८४८ मिटर मापन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *