ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

यस कारण हुँदै छ यो वर्ष जाडो कम

यो वर्षको हिउँदयाममा सरदरभन्दा सुक्खा हुने र जाडो पनि कम हुने आँकलन मौसम विभागले गरेको छ।

मौसम विद ईन्दिरा कडेलले जाडो अवधि डिसेम्बर, जनवरी र फेब्रुअरी महिनामा अर्थात नेपाली पुष, माग र फागुनमा सरदरभन्दा कम पानी पर्ने र जाडो पनि कम हुने पूर्वानुमान गरेको बताएकी हुन् ।  

यो वर्षको जाडो समयमा समग्रमा  सरदरभन्दा पानी कम पर्ने, तापक्रम अलि बढी हुने र तापक्रम बढी हुँदा जाडो विगतमा भन्दा यस वर्ष कम हुने मौसम विद ईन्दिरा कडेलले द प्रेस नेपाल डट कम संग बताइन । यो वर्षको जाडोयाम कस्तो होला भन्ने विषयमा दक्षिण एसियाका मौसमविदहरुको विश्लेषण अनुसार  ३० वर्ष अवधिको औसत मौसमी अवस्थाको आधारमा तुलना गर्ने अन्तर्राष्ट्रिय प्रचलन अनुसार ३० वर्षको जाडोयामको तुलनाको आधारमा नेपालमा यो वर्षको जाडोयाममा सरदरभन्दा कम पानी पर्ने र जाडो पनि कम हुने आँकलन गरिएको मौसम विभागकी उपप्रमुख डा ईन्दिरा कडेलले द प्रेस नेपाल डट कमलाई जानकारी दिईन ।

एउटा वर्ष र अर्को वर्षको मौसमी अवस्था फरक फरक हुनुलाई  खासै फरक नमानिने विद कँडेलले बताईन । त्यसैले गत वर्ष र यो वर्षको मौसमी अवस्था तुलना गरेर निष्कर्ष  ननिकाली विगत ३० वर्षको तुलना गरिएको र त्यसैको आधारमा यो वर्षमा न्यानो हुने देखिएको डा ईन्दिरा कँडेलले बताईन् । । यो वर्ष ३० वर्षअघिको सरदर मौसमी अवस्थालाई हेर्ने हो भने अधिकतम तापक्रम तीनचार दिनदेखि घटने क्रममा रहेको र न्यूनतम तापक्रम भने करिब १०-१५ दिनदेखि नै घटिरहेको डा काँडेलले बताईन् ।  त्यसैले बिहानको समयमा जाडो बढेको महसुस भइरहेको छ । नेपालमा ३० वर्षको सरदर तापक्रम हेर्दा कुनै(कुनै स्थानमा न्युनतम तापक्रम औसतभन्दा माइनस ४ डिग्री सेल्सियससम्म पुगेको र काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम माइनस ३ डिग्री हाराहारी पुगेको डा काँडेलले द प्रेस नेपाल डट कमलाई बताईन् ।  अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर मौसम दुइ प्रकृतिले चिसो हुने र नेपालको सन्दर्भमा सामान्यरुपमा  न्यूनतम बिहानको तापक्रम र अधिकतम दिउँसोको तापक्रम हेरि तापक्रमको अनुमान गरिने मौसम विज्ञ डा ईन्दिरा कँडेलले बताईन् ।  यो वर्षको तापक्रम सरदर भन्दा   ४० देखी ६० प्रतिशत बढी हुने विभागको अनुमान छ ।

प्रशान्त महासागरको जलवायु प्राणाली एलनिनो लानिनामा लानिना विकसित भैरहेको र उक्त प्राणालीको नेपालमा कम प्रभाव हुने हुँदा नेपालमा पश्चिमि वायुसंगै तापक्रम बढ्ने र केहि न्यानो  हुने  डा कँडेलको भनाई छ ।

एलनिनो लानिनाको प्रभाव संसारभरि फरक फरक हुने र नेपालमा यसको प्रभाव हुँदा मनसुन अविधमा बढी वर्षा हुन्छ गर्दछ भने  अफ्रिकि मुलुकमा कम वर्षा हुने गर्दछ डा कँडेलले बताईन् । नेपालमा हिउँदमा हिन्द महासागर र प्रशान्त महासागरको जलवायु प्राणालीको बढी प्रभाव पर्छ भने पश्चिम नेपाल हुँदै वायु नेपाल भित्रिने गर्दछ  वर्खामा बढी स्थानिय वायुको बढी प्रभाव पर्ने र बङ्गालको खाडीको जलवाष्पयुक्त  वायु नेपालको पश्चिमि क्षेत्र हुँदै भित्रिन्छ डा काँडेलले बताईन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *