दुई दर्जन बढि राजनीतिक दलको समर्थनमा आज किसानको भारत बन्द
एजेन्सी, सरकारले किसानका विरुधमा कानुन बनाएको भन्दै भारतमा लगातार आन्दोलन हुदैँ आएको छ । सरकारले संसदमा पेस गरेका कृषि संवन्धि ३ वटा कानुन फिर्ता गर्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रेका किसानले आज भारत बन्दको आह्वान गरेका छन् ।
सरकारले ल्याएको नयाँ कानुन पास हुने हो भने भारतमा खाद्य संकट बढ्ने,किसानको अवस्था अझ नाजुक हुने, न्यूनतम समर्थन मूल्यका नाममा किसान शोषणमा पर्ने किसानको आरोप छ । भारतको २दशमलव ९ ट्रिलियन डलरको आर्थिक व्यवस्थामामा १५ प्रतिशत कृषिले ओगटेको छ । भने आधा जनसकङ्ख्या कृषिमा निर्भर छ ।
आजको लागि किसानले आह्वान गरेको भारत बन्दमा प्रमुख दलले समर्थन गरेका छन् । । त्यतिमात्र हैन कांग्रेस अध्यक्ष सोनिया गान्धी, डीएकके प्रमुख एम के स्टालिन, एनसीपी प्रमुख शरद पवार, समाजवादी पार्टी प्रमुख अखिलेश यादव,सितारामा येच्चुरी लगायतका प्रमुख नेताले भारत बन्दको समेत समर्थन गरेका छन् । दुई दर्जन बढि राजनीतिक दलले बन्दको साथ दिएका छन् ।