ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२० प्रतिशत नेपालीलाई पुग्ने कोरोना खोप कोभ्याक्सले दिने र बाँकी सरकारले ल्याउने

कोरोनाभाइरस विरूद्धको खोप विश्व बजारमा आउनेबित्तिकै तत्काल नेपाल ल्याउने गरी विभिन्न समिति बनाएर आवश्यक पूर्वतयारीको काम गरिरहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीले कोरोना विरुद्धको खोप कुन समुहलाई दिने कसलाई प्राथमिकतामा राख्ने भनेर निर्धारण लगायत कार्ययोजना बनाउन सुरु गरेको जनाएका छन् । त्यस्तै समितिका संयोजक स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा झलक गौतमका अनुशार नेपालको कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिनु पर्ने भएकोले त्यो अनुशार योजना बनाइएको जानकारी दिए ।

७२ प्रतिशतलाई खोप दिने भने पनि त्यसमध्ये २० प्रतिशत खोपमात्र कोभ्याक्सु योजनाअन्तर्गत आउने र बाँकी ५२ प्रतिशतलाई भने नेपाल सरकारले नै व्यवस्था गर्नुपर्ने सह प्रवक्ता डा अधिकारीको भनाई छ । विश्व स्वास्थ्य संगठन स्वीकृती दिएका खोपहरु प्रयोगमा आएपछि गरीब देशहरूलाई समेत समेट्ने गरी खोपको निष्पक्ष वितरण होस् भन्ने उद्देश्यले कोभ्याक्सु नामक योजना ल्याएको जनाएको छ । त्यो योजनाअन्तर्गत खोप प्रयोगमा आएपछि नेपालजस्ता गरिब मुलुकहरूलाई खोप सहज रूपमा उपलब्ध हुने बताइएको छ।

सह प्रवक्ता डा अधिकारीका अनुसार कोभ्याक्सु योजना अनुसार नेपालमा सुरूमा ३ प्रतिशतलाई पुग्ने खोप मात्र आउने छ । कोभ्याक्सबाट प्राप्त हुने २० प्रतिशत खोप सुरूमा कसलाई दिने भन्ने प्राथमिकता पनि निर्धारण भइसकेको जनाएका छन् । जसअनुसार पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, फ्रन्टलाइनमा काम गर्ने सुरक्षाकर्मीलाई र त्यसपछि ५५ वर्षमाथि उमेर समूहका व्यक्ति र जोखिमअनुसार अन्यलाई पाउँछन्। नेपालमा खोप कहिलेसम्म आउँछ भन्ने अहिलेसम्म एकिन भने भएको छैन।

अहिले सबैको आशा र विश्वास भएको फाइजर पनि नेपालमा ल्याउने तयारी समेत भईरहेको छ।तर यो सिमित मात्र ल्याइने छ यसको लागि भण्डारन गर्न नै समस्या रहेको विज्ञ बताउछन् । नेपालले २ देखि ८ डिग्री तपक्रममा राख्न मिल्ने खोपलाई मात्र भण्डारण गर्नसक्छ। त्योभन्दा कम तापक्रममा खोपलाई राख्नुपर्ने भयो चुनौती हुने स्वयम सरकारी अधिकारीको भनाई छ । मन्त्रालयले बुधबारसम्म सचिवालयले इन्सिडेन्ट कमान्ड सिस्टम आइसिएसको बैठकमा खोपसम्बन्धी प्राविधिक नोट पेश गर्न भनेको छ। उक्त नोटमा नेपालमा खोपको प्रयोग कसरी गर्नेदेखि सबै कुरा उल्लेख हुने मन्त्रालयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *