१३ औं निर्माण दिवसका अवसरमा रक्तदान कार्यक्रम

नेपाल निर्माण व्यवसायी महासंघले १३ औं निर्माण दिवसका अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
महासंघका अध्यक्ष रवि सिंहले सोमबार महासंघकै प्राङ्गणमा कोरोनाका बिच देशभर रगतको अभाव भएको बताउँदै १३ औं निर्माण दिवसको अवसरमा रक्तदान अभियान देशैभरि आयोजना गरेको बताएका छन् ।


विगतका वर्षमा प्रभातफेरी कार्यक्रम, लगायत सडक परिक्रमा गरि विधिवत रुपमा मनाईदै आएको कार्यक्रम यस पटक भने कोरोनाका बिच भिडभाड पनि नहोस र सामाजिक काम पनि होस रगतको अभावमा कसैले जोखिम परिस्थितिको सामाना गर्न नपरोस भन्ने उदेश्यले महासंघले १३ औं निर्माण दिवसमा रक्दान मात्रै गरि मनाईएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।
रक्तदानमा सहभागी निर्माण व्वसायीहरुले समाजसेवाको रुपमा दिवस मनाउन पाउँदा अब हरेक वर्ष मनाईने दिवसमा यस्तै सामाजिक कार्य झल्किनु पर्ने बताएका छन् ।
रक्तदान कार्यक्रममा सहभागी महासंघका केन्द्रिय सदस्य प्रमोद लामिछानेले निर्माण व्यवसायीको मात्र दिवसको रुपमा मनाईदै आइरहेको यो दिवस राष्ट्रले नै मनाउनु पर्ने बताएका छन् । निर्माणका कामको समिक्षा गर्नुपर्ने, देश निर्माणमा गति दिन र पूर्वाधार विकासका आयोजनामा भएका अवरोधहरुको हेरफेर गरि राष्ट्रले यो दिवस मनाएमा निर्माणको कामले पनि सार्थकता पाउने व्यवसायीहरुले बताएका छन् ।
