साझा विवेकशीलबीच बुधबार पुनः एकिकरण

मंसिर २२, काठमाडौं । झण्डै दुई वर्षअघि फुटेर विवेकशील साझा फुटेर बनेका दुई पार्टी साझा पार्टी र विवेकशील नेपाल दलबीच बुधबार एकता हुने भएको छ ।
लामो समयको निरन्तर छलफलपछि बुधबार पुस २४ गते पुनः एकिकरण हुन लागेको हो । एकीकृत पार्टीको अध्यक्षमा साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे संयोजक रहने गरी दुई पार्टीको पुनः एकीकरण हुन लागेको हो ।
एकीकरणबारे वार्ता प्रक्रियामा सहभागी एक नेताका अनुसार एकीकृत पार्टीको कार्यसमितिमा दुवै तर्फका ६५–६५ जना गरी १३० जना सदस्य रहनेछन् ।
त्यसैगरी १२ देखि १४ जनासम्मको कार्यसमितिमा पनि दुवै तर्फका बराबर सदस्य रहनेछन् ।
एकता घोषणा कार्यक्रम भने अनलाइन बाटै गरिनेछ ।