ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

(एआईजी) बढुवा सिफारिसमा विश्वराज पोखरेल विरुद्ध प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उजुरी दर्ता

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा विश्वराज पोखरेल विरुद्ध प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

गृह मन्त्रालयले बढुवामा सिफारीस गरेका पोखरेल विरुध समितिमा उजुरी परेको हो ।

बढुवा सिफारिस समितिले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेललाई एआइजीमा बढुवा गर्न मंसिर १५ मा सिफारीस गरेको थियो । 

उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबावमा विश्वराजलाई ब्याचबाट एकल बढुवा गर्दै महानिरीक्षक बन्ने प्रतिष्पर्धा अन्त्य गरिएको भन्दै समितिमा उजुरी परेको हो । उजुरीमा डेढ वर्ष अघि नै भावी आईजीपीको टुंगो लगाएपछि अन्य प्रतिष्पर्धी डीआईजीको मनोबल खस्किने भएकाले पनि यो उपयुक्त नभएको जनाइएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *