ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गणतन्त्र: ‘जनता आउ राजा ल्याउ देश बचाउ’को एजेण्डा

सत्तारुढ दल नेकपा वित्र गुट उपगुटको भागबन्डा मिलाउन नसक्दा पार्टी विभाजनसम्मको बहस सुरु भएको छ । सरकारक जनाताका समस्या भन्दा कोसौं टाढा छ । सरकारलले गलत काम गर्दा सहि बाटवमा हिनाउन सक्ने शक्ति प्रतिपक्ष पनि खोज्नु पर्ने अवस्थाका समयमा पूर्व पञ्चहरुले सडक तताउन थालेका छन् ।

केही दिन पहिलामात्र प्रधानमन्त्रीको गृह जिल्ला झापामा पुगेर राप्रपा नेता राजेन्द्र लिङ्देनले आन्दोलन काष्टिङमात्र रहेको र क्लाइमेक्स आउँन बाकीँ रहेको केही दिनमा नै राप्रपाका शिर्ष नेताहरुले राजनतन्त्र पुन स्थापना र हिन्दु राज्यको विकल्प नभएको दावी गरेका छन् । र जसरी भए पनि पुन स्थापित गरेरै छाड्ने उद्घोष समेत गरेका छन् ।

पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण गर्न आयोजित कार्यक्रमबाट नेताहरुले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थालाई पुनस्र्थापना गर्न सबै नागरिक उठ्न अपिल गरेका छन् । राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले भने– ‘हाम्रो पार्टीले बोल्दै आएको दुईवटा मूल्य मान्यताको पक्षमा हिन्दु धर्म र मुलूक सञ्चालन गर्दा राष्ट्रपतिको ओहोदामा, राष्ट्र प्रमुखको ओहोदामा पुरानै संस्था जसले मुलुकलाई अभिभावकत्व दिनसक्छ, त्यसलाई ल्याई पक्षपाती व्यक्तिहरु राख्न हुन्न भन्ने मान्यता प्रति मुलुकभरी आन्दोलन चलिरहेको छ ।’

अर्का अध्यक्ष कमल थापाले स्वतस्फुर्त सडकमा आएका नागरिकलाई कम्जोर नठान्न आग्रह गर्दै भने – ‘राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धन्तको मूल संवाहक हो । यो विचारलाई आज जुन ढंगबाट स्वतस्फुर्त रुपमा जनताले लिएर हिँडिराखेका छन्, त्यसले हामीलाई खुशी लाग्नु स्वभाविक हो र ती अभियानमा हाम्रो सद्भाव समर्थन रहने छ ।’उनले थपे -‘राजा आउ देश बचाउन भन्ने भन्दा पनि ‘जनता आउ राजा ल्याउ देश बचाउ’

अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले देशलाई जोगाउन संवैधानिक राजसंस्था आवश्यक रहेको भन्दै  ‘हाम्रा एजेण्डाहरु स्पष्ट छन् । त्यसमा कुनै दुविधा छैन । हामीले भनेका छौं कि नेपालमा संवैधानिक राजसंस्था नेपालको लागि आवश्यक छ ।’ संवैधानिक राजसस्था आवस्यक भएको भन्दै उनले भने  ‘नेपालको राष्ट्रिय एकताको लागि, हाम्रा विविधताको बीचमा एकता गर्नका लागि एउटा निस्पक्ष राष्ट्र प्रमुखको आवश्यकता रहन्छ संवैधानिक रुपमा । त्यसकारण हामीले संवैधानिक राजसंस्था भनेका हौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *