चौबीस घण्टामा १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयको गत चौबीस घण्टाको अपडेट अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरीएको ६ हजार २ सय २०वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा ४ सय ४२ जना सहित देशभर १ हजार १४ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ४१ हजार ९ सय ९५ जना पुगेको छ । नेपालमा गत चौबीस घण्टामा २० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। चौबिस घण्टामा कोरोना मुक्त हुने संख्या १ हजार ६ सय २८ जना रहेका छन् ।हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख २७ हजार ४ सय ३३ जना रहेका छन् । अहिलेसम्म कोरोना मुक्त हुने ९४ प्रतिशत रहेको छ ।
चौबीस घण्टामा कोरोनाका कारण २० जनाले ज्यान गुमाएका हुन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६ सय २८ जना रहेका छन् । मृत्यु हुने प्रतिशत शुन्य दशमलव ६ रहेको छ। देशभर क्वारेनटिनमा ५ सय २७ जना र सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ४८ जना रहेका छन् । देशभर आसियुमा उपचारत ३ सय ३२ जना र भेन्टिलेटरमा ५३ जना रहेका छन्।देशभर होम आइसोलेसनमा ८ हजार ६० जना रहेका छन्।