ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भोलीको भारत बन्दमा एघार राजनीतिक दलको किसानलाई साथ

एजेन्सी,पछिल्ला केही दिन यता भारतमा किसानहरुको आन्दोलन चर्किएको छ । सरकारले नयाँ कृषि सम्वन्धि कानुन संसदमा पेस गरेको भन्दै लाखौं भारतिय किसानहरु सडकमा उत्रिएका हुन् ।

यदी सरकारले ल्याएको नयाँ कानुन पास हुने हो भने भारतमा खाद्य संकट बढ्ने,किसानको अवस्था अझ नाजुक हुने, न्यूनतम समर्थन मूल्यका नाममा किसान शोषणमा पर्ने किसानको आरोप छ । भारतको २दशमलव ९ ट्रिलियन डलरको आर्थिक व्यवस्थामामा १५ प्रतिशत कृषिले ओगटेको छ । भने आधा जनसकङ्ख्या कृषिमा निर्भर छ ।

यसरी किसान सडकमा उत्रेपछि भारतका प्रमुख दलले किसानको साथ दिएका छन् । त्यतिमात्र हैन कांग्रेस अध्यक्ष सोनिया गान्धी, डीएकके प्रमुख एम के स्टालिन, एनसीपी प्रमुख शरद पवार, समाजवादी पार्टी प्रमुख अखिलेश यादव,सितारामा येच्चुरी लगायतका प्रमुख नेताले भारत बन्दको समेत समर्थन गरेका छन् ।

सरकारले तीन नयाँ कृषि कानुन संसदमा लगेसंगै किसानहरु आन्दोलित बनेका हुन् । उनीहरले डिसेम्वर ८ अर्थात भोलीलाई भारत बन्दको घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *