ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तत्काल जोर बिजोर हटाउन यातायात व्यवसायीको माग

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
    8
    Shares

पछिल्लो समय यात्रु बढ्दा जोर बिजोरले सामाजिक दूरि कायम नहुँदा जोखिम बढेको भन्दै यातायात व्यवसायीहरुले मंसिर २५ गते अगावै जोर बिजोर हटाउन सरकारलाइ अनुरोध गरेका छन् ।

सवारी साधन संचालनमा लागु गरिएको जोर विजोर नम्बरका कारण यात्रु बढिरहेको  भन्दै सरकारलाई यातायात व्यवसायीहरुले जोर बिजोर हटाउन अनुरोध गरेका छन् । कोभिड १९ फैलिने त्रासका कारण गत चैत ११ गतेदेखि  देशभर सार्वजनिक यातायात बन्द गरिएको थियो । ६ महिना लामो समयसम्म बन्द भएपछि असोज १ गतेदेखि जोर विजोर प्रणाली लागु गरी सार्वजनिक यातायात सञ्चालन गरिएको थियो ।

कोभिड १९ को जोखिम बढेपनि सबै व्यवसाय सञ्चालनमा आइसकेकाले मंसिर १ गतेबाट जोर विजोर हट्नुपर्ने यातायात व्यवसायी बताउँदै आएका छन् । एउटै सवारीमा यात्रुको चाप पनि बढेको भन्दै जोखिम थप बढने हुँदा यो प्रणाली मंसिर २५ अगावै हटाउन यातायात व्यवसायीहरुले सरकारलाई अनुरोध गरेको महासंघका महासचिव सरोज सिटौलाले बताएका छन् ।

भनेको समयमा यो विषय सम्बोधन नभए स्वास्थ्य मापदण्ड अपनाई बाध्यताका साथ सवारी सन्चालन गर्न बाध्य हुने व्यवसायीहरुको सुझाव छ । उनका अनुसार मारमा परेको यातयात व्यवसायीहरु जोर विजोर प्रणाली लागु गरेर थप समस्यामा परेका गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *