ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

असंलग्न नीतिमा दृढता सहितको नयाँ परराष्ट्र नीति

सरकारले पहिलो पटक एकीकृत परराष्ट्र नीतिको दस्तावेज सार्वजनिक गर्दै असंलग्न नीतिमा दृढ रहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयमा आइतबार  पत्रकार सम्मेलन गरी सार्वजनीक गरिएको उक्त दस्तावेज  ७० बर्षमा पहिलो भएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले दावी गरेका छन् ।

मन्त्री ज्ञवालीले विभिन्न क्षेत्रमा छरिएका विभिन्न नीतिहरुलाई एकीकृत गर्दै र आन्तरिक र वाह्य परिवेशमा आएको परिवर्तनलाई दृष्टिगत गदै दस्तावेज सार्वजनीक गरेको जनाएका छन् ।,‘नेपाल छिमेकीलगायत सबै मित्रराष्ट्रसँग सार्वभौमिक समानता, पारस्परिक हितका आधारमा स्वतन्त्र र सन्तुलिन सम्बन्ध कायम राखिनेछ ।’ नीतिमा भनिएको छ ।

ऐतिहासिक सन्धि र सम्झौता तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमाको समस्या समाधान गर्ने उल्लेख भएको नीतिले नेपालले अपनाउँदै आएको असंलग्न नीतिलाई निरन्तरता दिने उल्लेख गरिएको छ । मन्त्री ज्ञवालीले भने,‘केही सन्दर्भ बदलिएका छन् तर असंलग्न परराष्ट्र नीति अझै सान्दर्भिक रहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *