ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कति होला सर्वोच्च शिखर सगरमाथाको उचाइ ?

२०७२ सालमा गएको विनासकारी भूकम्पले हिमाली भेगको उचाइमा असर परेको नापी विभागले देखाएपछि नेपाल आफैले पहिलो पटक सगरमाथाको नाप लिएको छ ।

सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८ मिटर कायम गरेको थियो । तर यस पटक नेपाली टोली र चीनिया संयुक्त टोलीले मापन गरेको सगरमाथाको उचाइ मंसिर २३ गते सार्वजनीक हुदैँ छ ।

आर्थिक वर्ष ०७५र०७६ मा सगरमाथाको उचाइ मापन कार्य शुरु भएको थियो । यसै वर्ष उचाइ मापन कार्य सम्पन्न भएपछि अब चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणको बेला पारेर मंसिर १० गते बुधबार बसेको मन्‍त्रिपरिषद बैठकले उचाइ सार्वजनिक गर्न स्वीकृति प्रदान गरेको थियो ।

नापी कार्यालयले मंसिर २३ गते उचाइ सार्वजनीक गर्न विशेष कार्यक्रमको आयोजना गरेको छ । सगरमाथाको उचाइमा पहिलाको भन्दा केही फरक परेको जनाइए पनि के कति थप घट भएको हो भने प्रष्ट पारिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *