ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बल्ल-तल्ल सचिवालयबाट स्थायी कमिटी,त्यो पनि ओलीको बहिस्कार

नेकपा दुई अध्यक्षको पत्र युद्द वल्ल तल्ल सचिवालयबाट स्थायी कमिटीसम्म आइपुगेको छ । पार्टि कार्यालय धुमबाराहीमा आइतबार बसेको स्थायी कमिटीको बैठकमा दुवै अध्यक्षले प्रस्तुत गरेका प्रतिवेद बाडिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा अनुपस्थित रहने जानकारी सहितको पत्र इस्वर पोखरेलले सुनाएर सूरु भएको बैठक मंसिर २८ गते सम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीले दुवै प्रतिवेदन फिर्ता हुनु पर्ने वा सचिवाल बैठकबाटै सुल्झाउनु पर्ने प्रस्ताव राख्दैँ आएपनि प्रचण्ड पक्षभने पार्टिको तल्लो तहसम्म ल्याउने पक्षमा उभिएको थियो । तेसैले विशेष सुरक्षा व्यवस्था सहिता पार्टी कार्यालयमा सुरु भएको बैठकमा ओली अनुपस्थित रहे ।

­ओलीले नेताहरु खेलको नियमनै परिवर्तन गर्न लागेको आरोप लगाएका छन् उनले भनेका छन् – ‘मलाई थाहा थिएन, खेलको उत्तरार्धमा आएर केही कमरेडहरु ‘खेलको नियम’ नै लाग्नु हुनेछ र ‘जसरी पनि जित्ने’ महत्वाकाक्षाका निम्ति जुनसुकै हदसम्म तयार हुनु हुनेछ ।’खेलको अन्तिमतिर गर्न खोजिएको नियम परिवर्तन नैतिक र राजनीतिक दृष्टिकोणले गलत मात्र होइन, विभाजनकारी भएको उनको भनाई छ ।

साथै उनले बैठकमा सहभागि नहुनुको कारण समेत प्रष्ट पारेका छन् । उनले पत्रमा लेखेका छन् –  ‘पार्टी एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिडविरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकको कार्यसूची निर्धारण र ठोस प्रस्तावसहित पर्याप्त तयारीका साथ बेठकमा जानुपर्छ भन्ने भनाइ मैले प्रष्ट पारिसकेको छु ।’

उता अर्का अध्यक्ष प्रचण्डले बैठकमा अहिलेको अवस्था आउनुको सम्पुर्ण कारण ओली भएको आरोप लगाएका छन् । प्रचण्डको भनाई छ- ‘भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय पालना नभएकैले परिस्थिति बिग्रियो । मूल समस्या त्यही भयो’, भदौमा कार्यदलले रिपोर्ट तयार पारिरहँदा नै पार्टीमा छलफलै नगरी एक्लौटी नियुक्तिहरु सुरु भएको  तर, त्यसलाई ठूलो विषय आफूले नमाने पनि भदौ २६ को स्थायी कमिटी बैठकपछि पनि पार्टी निर्णय उल्लङ्घन हुन थालेको हो ।’  

बैठकबाटै समस्याको समाधान खोज्दा ओली बैठकमा सहभागि नहुने प्रविर्तीले अझ समस्या पैदा भएको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *