सरकारको निसाना छाप प्रयोग गरेको भन्दै उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग प्रतिवेदन सार्वजनीकलाई शिक्षा मन्त्रालय कारवाही गर्ने
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका बहुमत सदस्यले सार्वजनीक गरेको प्रतिवेदनमा नेपाल सरकारको निसाना छाप प्रयोग गरेको भन्दै मन्त्रालयले आप्पति जनाएको छ ।
आयोगको प्रतिवेदन प्रधानमन्त्रीले लुकाएको भन्दै शुक्रबार आयोगका बहुमत सदस्यले प्रतिवेदन सार्वजनीक गरेका थिए । उक्त प्रदिवेदनमा सरकारको निसाना छाप प्रयोग गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको नामबाट प्रकाशन गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता दिपक शर्माले आज प्रेश विज्ञप्ति जारी गर्दै सरकारमा रहेको प्रतिलिपी अधिकार दुरुपयोग गरेको भन्दै शिक्षाका लागि राष्ट्रिय अभियान तथा ग्लोवल एक्सन नेपालसंगको सहकार्य समेत विच्छेद गरेको जनाएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गरिराजमणी पोखरेलको अध्यक्षतामा बनेको आयोगले तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको एक बर्ष नौ महिना हुदाँ पनि सार्वजनीक नगरेको भन्दै आयोगका २५ अध्ये १३ सदस्यले हस्ताक्षर गरेर सार्वजनीक गरेका थिए ।