पिसिआर पछि एन्टिजेन परीक्षण, के छन् त विशेषता ?

कोरोना संक्रमितको संख्या बढ्ने क्रम नरोकिएपछि सरकारले समुदायस्तरमा एन्टिजेन विधिबाट परीक्षण थालेको छ । संक्रमण रोकथाम र नियन्त्रण गर्नका लागि थालिएको परीक्षणका क्रममा काठमाडौंमा प्रारम्भिक नतिजाले सहभागी मध्ये ८ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।
एन्टिजेन परीक्षणका फाइदाँ के छन् त डा. शेरबहादुर पुन ?
- कम लागत र छोटो समयमै संक्रमण भए-नभएको पत्ता लगाउन सकिने ।
- भिडभाड र ठुलो जन मानसमा परीक्षण गर्न सकिने
- एन्टिजेनले नतिजा छिटो दिने र सहजै जहाँपनि परीक्षण गर्न सकिने
नमूना स्वाव संकलन पिसिआर विधिबाट गर्ने परीक्षणमा जस्तै गरेर लिए पनि ३० मिनेटमा नै रिजल्ट दिने चिकित्सक बताउछन् ।सहजै र जहाँसुकै परीक्षण गर्न सकिने भएकाले समुदायस्तरमा कोरोना भाइरस कति सम्म फैलिएको छ भन्ने थाहा पाउन र रोकथाम र नियन्त्रण गर्न मद्दत मिल्ने सरुवा रोग विशेषज्ञ डा पुनले भनाई छ ।
उता इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बासुदेव पाण्डेका अनुशार एन्टिजेनको प्रयोग प्रारम्भिकरुपमा काठमाडौं उपत्यकामा मात्र गरीएको र अहिले सम्म १५ सय जनाको परीक्षण गर्दा १ सय २० जनामा पोजेटिभ आएको छ ।
पछिल्लो समय स्थानीय तहले परीक्षणका लागि स्वाब लिन छाडेपछि कतिपय लक्षण देखिएका मानिसहरु पनि परीक्षण नगराई घरमै बस्ने गरेका छन् । त्यसैले एन्टिजेन आफुमा कोरोना छ कि छैन भनेर स्वयम आफुले पनि गएर परीक्षण गर्न सकिने र ३० मिनेटभित्र नतिजा थाहा पाउन सकिने भएसंगै परिक्षणको दायरा पनि फराकिलो हुने विश्वास गरिएको छ ।
तर पोजेटिभ आए जागिरमा जान नपाइने र १४ दिन घरमै बस्नुपर्ने झमेलाकोरुफमा मानिसहरूले यो परीक्षणलाई लिने गरेको चिकित्सकले बताएका छन् । सरकारले कम्तिमा पनि एक लाख जानको एन्टिजेनु परीक्षण गर्ने भने पनि परीक्षण गराउन मानिसहरूको सहभागिता न्यून देखिएपछि कसरी अगाडि बढ्ने समस्या देखिएको महाशाखाका प्रमुख डा पाण्डेको भनाई छ ।
प्रमुख डा पाण्डेका अनुसार एन्टिजेनको प्रयोग प्रारम्भिकरुपमा काठमाडौं उपत्यकामा मात्र गरीएको र अहिले सम्म १५ सय जनाको परीक्षण गर्दा १ सय २० जनामा पोजेटिभ आएको छ । यसको परीक्षण जहा जहा कोरोनाको हटस्पट छ त्यहाँ गरिने भएकोले एक चरणमा सकिएको र अब कहाँ गर्ने भनेर स्थानीय तहसँग छलफल गरेर अगाडि बढ्ने डा पाण्डेले बताए।
पछिल्लो समय स्थानीय तहले परीक्षणका लागि स्वाब लिन छाडेपछि कतिपय लक्षण देखिएका मानिसहरु पनि परीक्षण नगराई घरमै बस्ने गरेका छन् । त्यसैले एन्टिजेन आफुमा कोरोना छ कि छैन भनेर स्वयम आफुले पनि गएर परीक्षण गर्न सकिने र ३० मिनेटभित्र नतिजा थाहा पाउन सकिने भएसंगै परिक्षणको दायरा पनि फराकिलो हुने विश्वास गरिएको छ । तर पोजेटिभ आए जागिरमा जान नपाइने र १४ दिन घरमै बस्नुपर्ने झमेलाकोरुफमा मानिसहरूले यो परीक्षणलाई लिने गरेको चिकित्सकले बताएका छन् । सरकारले कम्तिमा पनि एक लाख जानको ‘एन्टिजेन’ परीक्षण गर्ने भने पनि परीक्षण गराउन मानिसहरूको सहभागिता न्यून देखिएपछि कसरी अगाडि बढ्ने समस्या देखिएको छ ।