ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमितको उपचारको दोहोरो शुल्क नलिन स्वास्थ मन्त्रालयको निर्देशन

स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाको उपचार गरे बापत बिरामी र मन्त्रालय दुवैबाट शुल्क नलिन सुचिकृत अस्पतालहरुलाई निर्देशन दिएका छन्।आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमले यस्तो निर्णय गरेकोले कोरोनाका बिरामीको उपचार गर्ने अस्पतालहरुले दोहोरो शुल्क लिएको पाइएमा कार्वाही गरीने चेतावनी दिएका छन् ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाबाट गरिएको ६ हजार ४ सय ९५ वटा नमुना परीक्षणमा १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यो सँगै कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ४० हजार ९ सय ८१पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणबाट चौबीस घण्टामा थप १७ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५सय ९४ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतबार मात्र १ हजार ७ सय ५२ जना कोरोनामुक्त भएका छन् । यो सँगै कोरोना मुक्त हुनेको संख्या २ लाख २५ हजार ८ सय ५ जना रहेका छन्।देशभर क्वारेन्टिनमा ५ सय ३६ र संक्रीय संक्रमित १३ हजार ५ सय ८२ जना रहेका छन्।देशभर आसियुमा ३१३ जना उपचारत रहेका छन् भने , भेन्टिलेटरमा ५५ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *