कोरोना विरुद्धको भ्याक्सिनका लागि द्रुत कार्ययोजना पारित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको भ्याक्सिन व्यवस्थापनका लागि द्रुत कार्ययोजना पारित गरेको छ।
पछिल्लो समय विभिन्न देशले निर्माण गरेका कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रभावकारी भएको र नागरिक हरुमा समेत प्रयोग गर्न थालेकोले मन्त्रालयले नेपालमा पनि खोप भित्र्याउन, भण्डारण गर्ने, प्रयोगमा ल्याउन तथा उचित व्यवस्थापनका लागि द्रुत कार्ययोजना पारित गरेको हो ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उक्त योजना पारित गरेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख एवं कोभिड भ्याक्सिन खोप सल्लाहकार समितिका सदस्य सचिव डा झलक शर्मा गौतमले जानकारी दिए।