चौबीस घण्टामा १ हजार २४ जनामा कोरोना पुष्टि

नेपालमा गत चौबीस घण्टामा १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार चौबीस घण्टामा देशभर ६ हजार ७४ वटा नमुना परीक्षण गरिएकोमा देशभर १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ३९ हजार ८ सय ८५ रहेको छ।
चौबीस घण्टामा कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ७७ जना रहेका छन्।
पछिल्लो चौबिस घण्टामा कोरोना मुक्त हुनेको संख्या२ हजार २ सय ६ जना रहेका छन्। हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ जना रहेका छन्। देशभर क्वारेन्टिनमा ५ सय ३६ जना र संक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५५ जना रहेका छन्।।