ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारको जताततै आलोचना भएको समयमा राजसंस्था स्थापनाको माग राख्दै देशव्यापी प्रदर्शन
काष्टिङमात्र हो क्लाइमेक्स आउन बाकीँ छ - नेता लिङ्देन

कोरोना महामारीका बिच यतिवेला सडमा राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गर्ने सङ्ख्या क्रमश बढ्न थालेको छ । शनिवार काठमाडौं सहित देशका प्रमुख सहरमा प्रदर्शनकारीको बाक्लो उपस्थिती थियो ।

सरकारको चौतर्फी आलोचना भइरहेको, सरकार भष्ट्रचारमा लिप्त भएको, कोरोना महामारीका समयमा जनताको स्वास्थ्य उपचारबाट भागेको आरोप लागि रहेको समयमा राजसंस्थाको माग गर्दै सडक प्रदर्शन बढ्न थालेको हो ।

शनिबार काठमाडौंमा ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आह्वानमा राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर बोकेका प्रदर्शन कारीले प्रदर्शन गरे ।  प्रदर्शन पछि कोणसभा मार्फत अधिवक्ता सुरेन्द्र भण्डारीले राजसंस्था स्थापना, संघीयता र धर्म निरपेक्षताको खारेजी आफूहरुको माग भएको उनले बताए ।

तेस्तै अधिवक्ता बालकृष्ण न्यौपानेले हिजोको जस्तो राजा नभइ  बेलायत र जापानको जस्तो राजसंस्था खोजेको  तर्क गरेका छन् । उनीहरुले आफुलाई कम्जोर नठान्न चेतावनी दिदैँ फागुन ७ गते काठमडौंबाट निर्णायक आन्दोलन गर्ने जनाएका छन् ।

उता प्रधानमन्त्रीको गृह जिल्ला झापामा राप्रपाले विशाल प्रदर्शन गरेको छ । काकरभिट्टाबाट विर्तामोडसम्म मोटर साइकल र्याली गरेको राप्रपाले हजारौ कार्यकर्तालाई सडक उतारेको छ । र्याली पछि विर्तामोडमा भएको कार्यक्रममा राप्रपाका नेता राजेन्द्र लिङ्देनले शनिबारको प्रदर्शन काष्टिङमात्र भएको र क्लाइमेक्स आउन बाकीँ रहेको उद्घोष गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *