‘यही अवस्थामा नेकपाको विवाद इन्द्रेको बाबु चन्द्रे आएपनि मिलाउन सक्दैन’
नेकपा भित्रको विवाद चरम उत्कर्षमा पुगेको समयमा दुई अध्यक्षका प्रतिवेदन बल्ल तल्ल स्थायी कमिटीमा पेश हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय वैठकमा सहभागि नहुने बताइरहेका वेला उनीसहित सहभागि शनिवारको वैठले दुवै प्रतिवेदन स्थायी कमिटीमा लाने निष्कर्ष निकालेको हो ।
आइतबारका लागि तय भएको स्थायी कमिटीको बैठकमा दुवै प्रतिवेदन लान तयार भएको नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिएका छन् । ‘पार्टीको संकट र त्यसको निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं यसका लागि अहिलेसम्म सचिवालयमा पेश भएका प्रस्तावहरुमाथि सार्थक छलफल गरी निष्कर्ष निकालिनेछ ।’ श्रेष्ठको भनाई छ ।
ओलीले सचिवालय वैठकमा सहभागि नजनाउने बताइरहेका वेला ओली र प्रचण्डले भेट गरेक थिए । २५ दिन लामो संवादहिनता तोड्दै ओली र प्रचण्डको भेट पछि सचिवालयमा जान ओली तयार भएको जनाइएको छ ।गत मंगलबारको सचिवालयमा ओली अनुपस्थित भएकै कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।
यस विचमा राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत प्रचण्ड र ओलीसँग अलग–अलग छलफल गरेर सहमतिको प्रयास गरेकी थिइन् । तर भण्डारीको यो कदम सफल हुन सकेको थिएन । दुवै प्रतिवेदन फिर्ता गर्नु पर्ने अडानमा रहेका ओली एकएक स्थायी कमिटीमा पुर्याउन तयार भए । एजेण्डा नभएर शक्तिको संघर्ष भएको बताउने राजनीति विश्लेषक श्याम श्रेष्ठ दुवै पक्षले चाहने हो भने समस्या समाधान गर्न २४ घण्टा पनि नलाग्ने बताउछन् ।
दुई अध्यक्ष विच एक अर्कालाई नाग्गेझार बनाउने गरी हत्कण्डा भएको उनको भनाई छ । दुवै अध्यक्षका प्रतिवेदन लाजमर्दो रहेको बताउने श्रेष्ठ राष्ट्रपतिले सकृयता देखाएपनि उनको हातबाट टाढाँ गै सकेको तर्क गर्छन् । एक अर्कामा विश्वास नगर्ने र आरोप प्रत्यारोप मात्र गर्ने हो भने इन्देको बाबु चन्द्रे आएपनि समस्या समाधान गर्न नसक्ने ठोकुवा गर्छन ।