सोलुखुम्बुको खास्तावमा १५ शैयाको हस्पिटल निर्माण सम्पन्न
सोलुखुम्बु जिल्लाको माप्या दुधकोशी गाँउपालिकाको वडा नम्वर ३ खास्तावमा १५ शैयाको हस्पिटल निर्माण भएको छ ।
स्थानिय प्रदेश तथा केन्द्र सरकारको पहलमा हस्पिटल निर्माण भएसंगै उपचारकालगि जिल्ला अस्पताल फाप्लु तथा छिमेकी जिल्ला ओखलढुंगा धाउनु पर्ने वाध्यता हटेको छ । भौगोलिक विकटता तथा पर्याप्त भौतिक सामग्रीको अभावका कारण सर्वशुलव उपचारबाट बन्चित भएका स्थानिय अस्पताल बनेसंगै हर्षित बनेका छन् ।
एक जना एम.बि.बि.एस डक्टर सहित १५ जनाले सेवा दिने अस्पालतबाट साविकका गा.वि.स.हरु बासा, काकु, वाकु, जिुभिङ र देउसका करिव ३ हजार घरधुरी लाभान्वित हुने गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए । अस्पतालको आज नै एक कार्यक्रम गरि उद्घाटन गरिएको छ ।