ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

धितोपत्र बोर्डको पत्र पछि नेप्से रुस्ट, लगानीकर्ताको मनोबल गिराउने काम गर्यो

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

मंसिर २०, काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा लगातार नयाँ नयाँ कीर्तिमानी बन्दै गएपछि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई पत्र पठाउँदै बजारमा भइरहेको सेयर कारोबारको छानबिन गर्न निर्देशन दिएको छ ।
बोर्डले बजार वृद्धिमा शंका गर्दै के कति कारणले बढेको हो ? त्यो खोजी गर्न भन्दै पत्र पठाएको हो । बोर्डले पठाएको पत्रमा बजारमा स्रोत नखुलेको पैसा आएको हो कि भन्ने आशंका समेत गरिएको छ । बजारमा भइरहेको कारोबारको लगानीको स्रोत के हो ? लगानीकर्ताले कर तिरेको छ कि छैन ? जस्ता सामान्य प्रश्नहरु बोर्डले पठाएको पत्रमा उल्लेख गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले बोर्डको पत्रलाई बेमौसमको बाजाु पनि भनेको छ । अहिलेको बजारको बढोत्तरी पूर्ण रुपमा स्वभाविक देखिन्छ, बोर्डले अनलाइन कारोबार प्रणाली नबुझेर पुरानै पारामा यस्तो पत्र पठाएको हो ।
स्रोत नखुलेको पैसा आएको हो कि होइन भन्ने कुराको निक्र्यौल गर्ने आधिकारिक निकाय कारोबारीहरुको खाता खोलिदिने बैंकहरु रहेको नेप्सेको भनाई छ । बैंकहरुले केवाइसीमा कडाई गरी खातामा जम्मा हुने रकमको स्रोत खोज्ने गरेको र तिनै बैंक खाता सिस्टममा इन्टीग्रेट भई अनलाइन कारोबार भइरहेको विषयलाई बोर्डले बिर्सिएको नेप्से बताउँछ ।

अनलाइन प्रणालीका कारण बढिरहेको बजार र लगानीकर्ताको मनोबलमै प्रभाव पार्ने गरी बोर्डले एकपछि अर्को फण्डा गरिरहेको भन्दै धितोपत्र बोर्ड प्रति नेप्से रुष्ट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *