ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

हुम्लामा जिप दुर्घटना ४ जनाको मृत्यु ७ घाईते

हुम्लाको सिमकोटमा यात्रुबहाक जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–७, ओख्रेनीमा शुक्रबार राति लु २ च २१०२ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७, का ३० वर्षीय पर्वत सुनार, सिमकोट–२, का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्काकी ४५ वर्षीया डुकी तामाङ र उनका श्रीमान ४८ वर्षीय गुरु तामाङ छन् । मृत्यु भएकाको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप सिमकोट फर्किने क्रममा गएराति करिब ११ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते हुनेमा सिमकोट–२, ठेहेका जिप चालक सम्राट भण्डारी, एक वर्षीय बालक मिलन सिंह, सहित अन्य पाँच जना गरि गरि सात जना रहेका छने । घाइतेहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी हुम्लाले जानकारी दिएको छ ।

सडकदेखी करिब चार सय मिटर तल खसेको जिप हुम्दा सदरमुकामबाट दुर्घटनास्थलसम्म पुग्न पैदल पौने दुई घन्टा लाग्छ । राति ११ बजे जीप दुर्घटना भएको जानकारी पाएलगत्तै सदरमुकामबाट जिप र ट्याक्टरमा उद्धार टोली पठाइएको थियो । दुर्घटना भएको १ घण्टामै राति १२ बजे घाइतेहरुलाई जिल्ला अस्पताल ल्याईएको प्रहरीले बताएको छ ।उद्धारकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी खटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *