ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पूर्वका अधिकांस जिल्लाको दृष्य हेर्न मिल्ने गरी झाक्री गुफा भ्यू टावरको शिल्यान्यास

सेयर गर्नुहोस
  • 265
  •  
  •  
  •  
    265
    Shares

तेह्रथुमको आठराई गाउँपालिका वडा नम्वर २ खाम्लालुङ, साम्थाङमा रहेको धार्मिक ,ऐतिहासीक तथा पर्यटकिय स्थल झाक्रीँ गुफामा भ्यू टावर निर्माण हुने भएको छ । शनिवार आठराई गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिलकुमार पाहिम (लिम्बु)ले शिलान्यास गरेका छन् ।

करिव २४ सय मिटरको उच्चाइमा रहेको स्थानमा निर्माण हुन लागेको ५० फुट अग्लो उक्त टावरबाट पूर्वका अधिकाम्स जिल्लाको दृष्यावलोकन गर्न सकिने वडाध्यक्ष लिम्बुको भनाई छ । साथै कञ्चनजङ्घा, कुम्भकर्ण हिमालका साथै पाथिभरा देविको मन्दिर देखिने उक्त स्थानबाट एसियाकै अग्लो ह्यात्रुङ झरना, संखुवासभाको पर्यटकिय स्थान गुफा पोखरी समेत देख्न सकिने स्थानिय युवा योगेन्द्र ढुंगानाले जानकारी दिए ।

मेचीका चारवटै जिल्ला तथा ताप्लेजुङ सदरमुकाम फूङ्लिङ र पाचथर सदरमुकाम फिदिम प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

तेह्रथुम सदमुकामबाट करिव ५५ किलोमिटर तथा पाचथर सदमुकामबाट करिव ५० किलोमिटरको दुरीमा रहेको ठाउँमा निर्माण हुन लागेको उक्त टावरले पर्यटन व्यवसाय फष्टाउने वडा सदस्य गोपी ढुंगानाको बुझाई छ ।

५० लाखको लगानिमा निर्माण हुने उक्त टावर ३ महिनामा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ । उत टावर धनकुमारी कुरुङ्बाङको स्मृतिमा निर्माण हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *