ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निक्षेपकर्ता ठगिरहदा नियमक मौन

कोरोनाका कारण प्रभावित अर्थतन्त्र पुरानै लयमा फर्किन नसकेका कारण बैंक तथा वित्तिय संस्थामा अधिक तरलता थ्रुप्रिएको छ । बजारमा अधिक तरलता वढेपछी नियमक नेपाल राष्ट्र बैंकले रिभर्स रिपो ट्रेजरी विल सहित अन्य अप्रत्यक्ष उपकरणको प्रयोग गरी तरलता प्रसोचन गरिरहेको छ ।

बुधवार मात्रै केन्द्रिय बैंकले २८ दिने निक्षेप संकलन उपकरण प्रयोग गरी ५० अर्ब तरलता प्रशोचनका लागी वोलपत्र आव्हान गरेको छ । बजारमा अधिक तरलता रहेका कारणले बैंक तथा वित्तिय संस्थाले निक्षेप तथा कर्जा दुबैको ब्याजदर घटाएका छन् भने कर्जा विस्तारमा बैंकहरुको अस्वच्छ प्रतिसपर्धा वढेको छ ।

यतिसम्म कि नेपालको बैंक तथा वित्तिय संस्थाले साधारण निक्षेपको ब्याजदर डेढ प्रतिशतसम्म झारेका छन् । साधारणतया ब्याजदर मुद्रास्फिर्ती भन्दा वढी हुनुपर्ने मान्यता रहेको छ । पछिल्लो नेपाल राष्ट्र बैकको प्रतिवेदननुसार नेपालको मुद्रास्फिर्ती दर ३ दशमलव ७ नौ प्रतिशत छ ।

यसरी नेपालका बैक तथा वित्तिय संस्थाले निक्षेपको ब्याजदर मुद्रास्फिर्तीको दर तुलनामा २ सय ५२ प्रतिशतले तल झारेका छन् । तर प्रत्यक्ष भन्दा अप्रत्यक्ष उपकरणको प्रयोगवाट नियमन गर्ने जनाउछन् नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्ट ।

यसरी निक्षेपकर्ता ठगिरहदा समेत नियमक नेपाल राष्ट्र बैंकले आफ्नो पहिलो त्रैमासिक प्रतिवेदनमा समेत ब्याजदर कोरिडरका सिमाहरुलाई नचालउने संकेत गरेको छ । एसएलआर सिसिआर र सिसिड अनुपातलाई यथास्थितिमा राख्ने संकेत केन्द्रिय बैंकको छ । जसका कारण बचतकर्ताले न्युन ब्याजदरको समस्या अझै ब्यहोर्नुपर्ने देखिन्छ ।

नियमकको उदासिनताका साथै बैंक तथा वित्तिय संस्थामा पनि आफ्ना ग्राहकहरुलाई ठग्ने होडवाजी नै चलेको छ । पछिल्लो समयमा सधारण वचत तर्फ एनआइसी एसिया बैंक नविल बैंकले डेढ प्रतिशतसम्म ब्याजदर झारेका छन् ।

त्यस्तै नेपाल बैंक लिमिटेडको साढे दुई प्रतिशत साधारण निक्षेपको ब्याजदर डेढ प्रतिशतमा झारेको छ भने उसको आधार दर साडे ६ प्रतिशत रहेको छ । त्यस्तै राष्ट्रिय बाणिज्य बैंक, हिमालय बैंक ,एभरेष्ट बैंकको २ प्रतिशत , सानिमा बैंक, स्टाण्ड चार्डट बैक माछापुच्छ्र बैंकको अडाइ प्रतिशत, कुमारी बैंकको २ दशमलव ७ पाँच प्रतिशत, कृषि बिकास र सिटिजन बैंकको ३ प्रतिशत ब्याजदर रहेको छ । त्यस्तै एनएमवि बैंक, प्रभु बैंक, सिटिजन बैंक लगायतका बैंकहरुले भने साडे ४ प्रतिशतको हाराहारीमा ब्याज दिइरहेका छन् ।

लगानीको क्षेत्रहरु संकुचित हुँदा ब्याजदर घटाएको बैंकर्सको भनाई छ । कृषि विकास बैंकले यसरी साधारण वचतमा कम ब्याजदर दिएपनि कर्जा तर्फ भने ब्याजदर खासै घटाएको देखिदैन् । औषतमा सबै बैंको आधारदर नै साडे ६ प्रतिशत भन्दा वढी देखिन्छ । यसरी बैंकहरुले निक्षेपमा कम ब्याजदर कायम गरेर शेयर बजार तथा रियल स्टेटमा कर्जा विस्तार गरेर मुनाफा कमाउने होडवाजीमा छन् ।

यसै विचमा नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नितीको पहिले त्रैमासिक समिक्षा जारी गरेको छ। जसमा विभिन्न सुचकको उल्लेख गरिएको छ ।

१, आयात १२ दशमलव ७प्रतिशतले घट्दा निर्यात १४ दशमलव ३ प्रतिशतले वृदी

२,बैंकिङको निक्षेपमा बृद्धि कर्जा रु ३४ खर्ब र निक्षेप रु ४० खर्ब

३, पूँजीबजार उत्साहप्रद, नेप्से परिसूचक २ हजार माथी ४, कोरोना प्रभाबित व्यवसायलाई राहत प्रदान गर्न ५० दशमलव ७ अरब बराबर रकमको पुनरकर्जा स्वीकृत

५, ४१ हजार भन्दा बढि ॠणीहरुलाई ७२ अर्ब भन्दा बढि सहुलियतपुर्ण कर्जा प्रवाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *