धन्सार डट कम सुरु, केहो त धन्सार ?

विश्वभरका फोटोग्राफरका सिर्जनालाई जनसमक्ष पुर्याउने उद्देश्यले साझा मञ्चका रुपमा धन्सार डटकमको शुभारम्भ गरिएको छ ।
अमेरिकाकाको वासिङ्टन डिसीमा मुख्य कार्यालय रहेको धन्सारले विश्वभरका फोटोग्राफरको क्यामेरामा कैद भएका तस्वीर, दृश्य र संगीतलाई सार्वजनिक गर्नेछ । आज काठमाडौमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले धन्सारको शुभारम्भ गरेका हुन ।
धन्सारको माध्यमबाट नेपाललाई सन्सारभर चिनाउन सकिने छ ।
धन्सारका प्रमुख कार्यकारी अधिकृत बिनोद अधिकारीले ‘डिजिटल लाइब्रेरी’का रुपमा आफुहरुले उक्त मञ्च सार्वजनिक गरेको बताएका छन् । डेढ बर्ष अघिको योजना बिदेशीले यस्ता बस्तु स्टक गर्न हामिलाई प्रपोज गर्यो तर यो काम हामी आफैले किन नगर्ने ? भन्ने सोचेर हामिले यो स्थापना गर्न सफल भयौ उनले भने ।

फोटाग्राफरहरुले आफुले कैद गरेको तस्वीर तथा श्रव्यदृश्य केही निःशुल्क तथा शुल्क लिएर धन्सारमार्फत बिक्री गर्न सक्नेछन् । धन्सार माफत आकर्षक तस्वीर तथा श्रव्यदृश्यको खोजी तथा खरिद गर्न सकिने छ । आफ्नो सिर्जना बिक्री गरेर फोटोग्राफरलाई आम्दानी गर्ने मञ्चका रुपमा पनि धन्सारले काम गर्नेछ ।