ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा स्पोर्टस अफ अल कमिसन गठन

सेयर गर्नुहोस
  • 22
  •  
  •  
  •  
    22
    Shares

मंसिर १९, काठमाडौं । विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटी अन्तर्गत ‘स्पोर्टस अफ अल’ कमिसन शुक्रबार गठन गरिएको छ ।

कमिटी अन्तर्गत रहने कमिसनमध्ये सबैभन्दा सक्रिय रहदै आएको यस कमिसनले अबको वर्षमा खेलकुदबारे जनचेतना ल्याउन विविध कार्यक्रम पनि गर्ने भएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कमिसन गठनको कार्यक्रममा शुभकामना व्यक्त गर्दै यस संस्थाले आम नेपालीमा खेलकुदको महत्त्व र आवश्यकताबारे बुझाउन सफल हुने कामना गरेका छन् ।  

खेलकुद प्रतियोगिता र पदक जित्ने भावनामा मात्र सीमित  नभई स्वास्थ्य क्षेत्रसँग पनि रहने उनले बताएका छन् ।

यसले प्रत्येक वर्ष जुन २३ मा ओलम्पिक डे मनाउदै आएको छ । यसपल्ट पनि यो दिनलाई अझ प्रभावकारी तरीकाले बनाउने कमिसनले कार्यक्रम बनाउने भएको छ । नयाँ कमिसनको कार्यसमिति ११ सदस्यीय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *