ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नारायण गोपालको ३० औं स्मृति दिवस विभित कार्यक्रम गरी मनाइयो

मंसिर १९, काठमाडौं । स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस विभित कार्यक्रम गरी मनाइएको छ । वि सं १९९६ असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो ।

आफ्नो गायन यात्रामा नेपाली भाषाका एक सय ३५ भन्दा धेरै गीत डिस्क र टेपमा रेकर्ड गरेका उनले नेपाली नाटक, थुप्रै चलचित्रहरुमा आवाज दिएका छन् । कुल मिलाएर अठ्ठाईसवर्षको निरन्तर गायनमा नारायणगोपालले डेढ दर्जन चलचित्रमा गीत गाएको पाइन्छ ।

आफ्नो गायकीबाट सबैलाई आकर्षण गरेका नारायण गोपाल स्वर सम्राटको उपाधिले पनि विभूषित भएका छन् । २०१८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि गायन यात्रामा निरन्तर लागेका उनि ईतिहासका ज्ञातामा समेत चिनिन्छन् ।

गीती श्रद्धान्जली भाग १, गीती श्रद्धान्जली भाग २, गीती श्रद्धान्जली भाग ३, गीती श्रद्धान्जली भाग ४, स्वर्निम सन्ध्या भाग १, स्वर्निम सन्ध्या भाग २, प्रीयशी का यादहरू, प्रेमको माला, मान्छेको माया, मलाई नसोध, लालीगुरास भएछु, अल्झे छ क्यारे, तिम्रो मनमा, गीतीयात्रा भाग १, नारायणगोपालका आधुनिक गीतहरू भाग १ (भाग ९ सम्म मालती मङ्गले र लोकप्रिय गीतमा गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला, मलाई नसोध कहाँ दुख्छ घाउ, स्वर्गकी रानी, बिछोडको पीडा, ए कान्छा ठट्टैमा यो वैंश जानलाग्यो लगायतका गीत छन् ।

नारायण गोपालका गीति नाटक गीतहरु नेपालीका मनमुटुमा गुन्जिरहने सदाबहार गीतमा पर्छन् । आज पनि नेपाली समाजमा ताजा गरि सुन्न सकिन्छ । आफ्नो संगीतमा चारजना गायक र तीनजना गायिका गरि केही सीमित व्यक्तीको गीतमा संगीत बनाएका उनि आफ्नो गायनलाई जुनसुकै परिस्थितिमा स्वीकार्ने हुनाले गायक, संगीतकार नारायणगोपाल इतिहासका ज्ञाता थिए ।

नारायण गोपालले वि.स.२०२३ सालमा सर्वोत्तम संगीतकार, रेडियो नेपालमा २०२४ साल सर्वोत्तम गायक, ३९ सालमा रत्न रेकर्ड पुरस्कार, ३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वशी रङ पुरस्कार, २०४८ सालमा त्रिशक्तिपट्ट, तेस्रो मरणोपरान्त जस्ता दर्जनौ पुरसकारबाट सम्मानित भए ।

बागीनाको प्रकाशक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक, सञ्चार मन्त्रालयमा सल्लाहकारसमेत भए ।

 खेलकुद क्षेत्रमा समेत उस्तै रुचि राख्ने उनको नेपालीमा कसैले भुल्नै नस्कने शब्द हो उनी भन्थे, म गाउँछु केवल जनताको लागि गाउँछु त्यसैले होला सायद नारायण गोपालले गाएका धेरै गीतमा पीडा, विरह र वियोग मिसिएको पाइन्छ ।

वि सं १९९६ असोज १८ गते काठमाडौंको किलागलमा जन्मिनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *