ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खुट्टा उपहार दिने थापाको कथा

बिहिबार अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा हामी दिनको करिव १ बजे काठमाडौंको भृकुटीमण्डपमा रहेको राष्ट्रिय अपाङ्ग कोष पुगेका थियौं । कोषकोमा पुग्दा रामबहादुर थापा क्रितिम खुट्टा बनाउन ब्यस्त थिए । अन्य ४ सहयोगी उनलाई कृतिम खुट्टा बनाउन सहयोग गरिरहेका थिए ।

रामबहादुर थापा नौ बर्षको उमेरमा अपाङ् हुन पुगे । उनको बायाँ खुट्टो दायाँ भन्दा छोटो छ । लामो समय काठमाडौं भौतारिएपछि अनले अपाङ्ग कोषमा कृतिम खुट्टा पाए । त्यसपछि उनको जिवनले नयाँ मोड लियो ।

केही बर्ष सोही कोषमा खुट्टा बनाउने सहयोगिको रुपमा काम गरेका थापा अन्तत सोही कोर्षका लागि विदेश हानिए । ३ बर्ष विदेशमा कोर्ष गरेर सन २०१४ मा नेपाल फर्केर सोही कोषमा काम गरिरहेका थापाले हालसम्म एक हजार जना भन्दा धेरैलाई कृतिम खुट्टा बनाएर दिएका छन् ।

खुट्टा छोटो हुने, खुट्टा कम्जोर हुने मात्र नभइ काटिएको खुट्टामा कृतिम खुट्टा पाएपछि खुट्टा गुमाउनुको पिडा भूलेर सेवाग्रहीहरु उनी प्रति नतमस्तक हुन्छन् ।

आफु पनि अपाङ्ग भएको बताउदैँ थापाले अन्य अपाङ्गलाई सपाङ्ग जस्तै बनाउछन् । क्वालिटी हेरेर एउटा २४ हजार देखि १ लाख ५० हजार सम्म खुट्टाको मुल्य पर्ने वताउने थापा ७ दिनमा खुट्टा दिन सक्ने भएपनि निरन्तर १५ दिनसम्म त्यसको प्रयोग सिकाएर विरामीलाई घर पठाउने गर्छन् ।

आफ्नो कामलाई सधै पहिलो प्राथमिकता दिने थापा सस्थाप्रति पनि उत्तिकै झुकाव राख्छन् । कोरोना महामारीका कारण अपाङ्गता दिवसका दिन ठूलो कार्यक्रम गर्न नसकेपनि पहिलो सेवा ग्राहीलाई सम्मान गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा उनी समय मिलाएर पुगि रहन्थे ।

कोषले बिहिबार पहिलो सेवाग्रहीलाई उपहार स्वरुप ह्विल चियर प्रदान गरेको थियो । काभ्रे पाँच खलकी सुनिता कोइरालालाई कोइराला कक्षा ९ मा अध्ययनरत रहदाँ माटो खन्ने क्रममा माटोको ढिस्कोले पुर्यो । परिवारले मायाँ मारीसकेकी कोइरालाको लामो समय पश्चात होस आयो तर उनी सधैका लागि अपाङ्ग बनिन् । अपाङ्ग भएकै अवस्थामा अध्ययन गरिन् अहिले उनी त्रिभुवन अन्ताराट्रिय विमानस्थलमा कम्प्युटर अपरेटरको रुपमा काम गर्छिन् । परिवारको प्रेरणाले उनलाई यहाँसम्म ल्याएको उनको भनाई छ ।

उत्क दुखद दिनले उनको जिवनमा बज्रपात पारेपनि शक्तिमा बदलेर आफु यहासंम आएको उनको भनाई छ । उनी काम गर्न थालेपछि उनको कार्यालय  अपाङ्ग मैत्री भयो । भएपनि काठमाडौंका घर तथा सडक अपाङ्ग मैत्री नहुदाँ पटक पटक कोठा सार्नु पर्ने अवस्था आएको उनको गुनासो छ ।

रामबहादुर र सुनिता अपाङ्ग भएपनि आफ्नो सहज व्यवस्थापन गर्नेमा पर्छन् । तर उनीहरु जस्तै अपाङ्गता भएका धेरैले उनीहरुको भन्दा बढी पीडा र समस्या भोग्ने गरेका छन् । खासगरी भौतिक संरचना र सामाजिक व्यवहार अपाङ्ग मैत्री नहुँदा उनीहरुलाई बढी पीडा हुने गर्छ । सरकारले अपाङ्गता भएका व्यक्तिलाई अरक्षणको व्यवस्था गरेपनि वास्विक अपाङ्गता भएकाहरुसम्म नपुग्ने गरेको गुनासो पनि उनीहरुले गरे ।

सरकारले कानुनी रुपमा अधिकार प्रत्यायोजन गरे पनि व्यवहारमा लागु नगर्ने परिपाटिले अपाङ्गता भएका व्यक्तिको पीडा घटेको छैन । यसका लागि सरकार, समाज र हरेक नागरिक अपाङ्गतामैत्री हुनुपर्ने उनीहरु बताउँछन् । 

अपाङ्गता भएका व्यक्तिलाई राज्यले गर्ने सहयोग कानुनी रुपमा स्थापित भएपनि व्यवहारमा कार्यान्वयनको अवस्था त्यस्तो छैन । पूर्वाधारका संरचना अपाङ्गमैत्री नहुनुको पीडा त छँदैछ सामाजिक र पारिवारिक अपहेलनाले झनै निराश पार्ने गरेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *