ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एसियाली खेलकुद आयोजनाको दावेदारीको समर्थनका लागि कतारी ओलम्पिक टोली नेपालमा

कतार ओलम्पिकका महासचिव जसिम रसिद जेए अल्बुनइनको नेतृत्वमा रहेको टोलीले नेपाल ओलम्पिक कमिटिका प्रतिनिधिसँग भेट गरेका छन् ।

भेटमा कतारी टोलीले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबेदारी दिन लागेको जानकारी गराउदै नेपाललाई सहयोग र समर्थनका लागि अनुरोध गरेको थियो ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले  भेटले नेपाल र कतारको सम्वन्धमा नयाँ आयाम थपेको जनाएका छन्  श्रेष्ठले भने  ‘नेपाल र कतारको दुई पक्षीय सम्बन्ध पनि सुमधुर रहेको छ र यसले हामीबीचको खेल सम्बन्ध बलियो बनाउन मदत मिलेको छ ।’

कार्यक्रममा कतारी टोलीका प्रमुख अल्बुनइनले नेपाल आउन पाउँदा खुसी लागेको बताउदै आफ्नो देशको दाबेदारीमा नेपालको सहयोग र समर्थनका लागि अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *