ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्र बैंकको एक निर्णयले हजारौं व्यवसायी खुशि, ६ महिना सम्म व्याज नतिरेकाको धितो लिलामी गर्न नपाईने

मंसिर १८, काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिना सम्म ब्याज भुक्तानी नगरेका ऋणीको धितो लिलामी स्थगित गरिदिएको छ ।


कोरोना महामारीको असरका कारण किस्ता तिर्न नसकेका ऋणीको पनि बैंकहरुले धितो लिलाली गरिदिएको गुनासो आएपछि राष्ट्र बैंकले ६ महिना भन्दा बढी समय ब्याज भुक्तानी बक्यौता नराखेका ऋणीको धितो लिलामी नगर्न भनेको हो ।

चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडले असर परेका ऋणीलाई अप्ठेरो नपरोस भनेर यस्तो व्यवस्था गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *