ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार नाघ्यो

नेपालमा गत चौबिस घण्टामा १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयोगशालामा गरीएको ९ हजार २ सय ८९ वटा नमुना परीक्षणमा  काठमाडौं उपत्यकामा ६ सय ४५ जना सहित देशभर १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुने कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय धेरै पुगेका छन् ।

कोरोनाका कारण गत चौबिस घण्टामा थप १३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या १ हजार ५ सय ५१  पुगेको छ । गत चौबिस घण्टामा कोरोना संक्रमण मुक्त  हुने संख्या २ हजार १ सय ११ रहेको छ। हालसम्म कोरोनाबाट मुक्त हुनेको कूल संख्या २ लाख २० हजार २ सय ७२ रहेको छ । हाल देशभर क्वारेन्टिनमा रहेका व्यक्तीको संख्या ५ सय ७६ छ, भने हाल कूल संक्रिय सक्रमितको संख्या १५ हजार ७ सय ६६ जना रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *