बुधबार रोकिएको पुलको उद्घाटन बिहिबार यसरी भयो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको ब्यास नगरपालिका बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् ।
बुधवार प्रहरी नियन्त्रणमा परेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गरेका हुन् । बुधबार तनहुँ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरी पौडेललाई नियम उलंघङ गरेको भन्दै ३ घण्टासम्म प्रहरी नियन्त्रणमा समेत राखेर छाडेको थियो ।
तर बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन, बिहीबार कांग्रेसका कार्यकर्ताले / सभापतिसहित नेताहरुले समेत बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजी सहित सरकारको अधिनायकवाद भनि चर्को आलोचना समेत गरेका थिए । बिहिवार शान्त पूर्ण ढङ्गले पौडेलले पुल उद्घाटन गरेका छन् ।
२०७३ साल वैशाखमा निर्माणको सम्झौता भएको पुलको २०७५ कात्तिक ९ गते नै निर्माण सम्पन्न भएको झण्डै २ वर्षपछि उद्घाटन भएको हो ।