ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बेलायतमा सफल भएको भ्यक्सिन नेपालमा कति सम्भव

बेलायत सरकारले फाइजर कम्पनीको कोरोना खोपको प्रयोगलाई अनुमति दिएपछि महामारी निर्मूल हुने आशा बढेको छ ।

फाइजरबाहेक अन्य कुन कुन देशका कम्पनीको खोप पनि प्रभावकारी बन्दै छ त ?

नेपालमा खोप ल्याउनका लागि कस्तो तयारी छ त ?

कोरोना महामारी चलिरहेको समयमा कोरोनाविरुद्धको खोप पनि सुरु भएपछि महामारीबाट छुटकारा पाउने आशाको सञ्चार भएको छ । बेलायतले ‘फाइजर र बायोएनटेकले कोरोना विरुद्धका लागि तयार गरेको खोप आम मानिसमा प्रयोग गर्ने अनुमति दिएपछि अब महामारी अन्त्य हुने आशा बढेको छ । फाइजर खोप आम सर्वसाधारणमा प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले स्वीकृत दिने बेलायत विश्वकै पहिलो देश समेत हो । ९५ प्रतिशत प्रभावकारी भनिएको उक्त खोप अति चिसो वातावरणमा राख्नु पर्ने भएकाले भण्डारणका लागि समस्या भने हुनेछ ।

फाइजर बाहेक अन्य देशका कम्पनीले पनि कोरोना विरुद्ध खोपको परीक्षण अन्तिम चरणमा जारी राखेका छन् । रुसमा निर्माण गरीएको स्पुतनिक भी नामक खोपले पनि ९१ दशमलव ४ प्रतिशत राम्रो नतिजा दिएको दाबी मस्कोले गरेको छ । बेलायतले फाइजर तथा बायोएनटेकलाई बेलायतमा कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ । रुसी राष्ट्रपति पुटिनले भिडियो कन्फ्रेन्स मार्फत् अधिकारीहरुलाई  आम मानिसमा रुसमा खोप कार्यक्रम संचालन गर्न निर्देशन दिएका छन् । विश्वभरका विभिन्न मुलुकहरुमा निर्माण भएका एकदर्जन भन्दा बढि खोपहरु तेस्रो चरणमा पुगिसकेको र राम्रो नतिजा पनि दिइरहेका  छन्।

कोरोना खोप उपलब्ध हुन थालेपछि नेपालमा पनि खोप कहिले आउने भन्ने जिज्ञासा बढेको छ । विज्ञहरुले खोप ल्याउन सम्भव रहेको तर नेपालले समयमै कदम चाल्नुपर्ने बताएका छन् । विश्वमा नेपालका मित्र मुलुकहरु धेरै रहेकाले खोप ल्याउन सकिने स्वास्थ्य मन्त्रालयका खोप विशेषज्ञ डाक्टर सुरेश तिवारीले जानकारी दिए ।

खोप ल्याउनेमा सरकारको तयारी के छ त?

यसो त सरकारले सचिव स्तरीय समिति नै गठन गरेर खोप ल्याउने प्रकृया अघि बढाएको जनाएको छ । बेलायतमा प्रयोग गर्न थालिएको फाइजर र बायोएनटेकको खोपलाई माइनस   ८० डिग्री सेल्सियस तापक्रममा राख्नु पर्ने भएकाले चुनौति देखिएको छ । यो खोप सुरक्षित र प्रभावकारी देखिएमा पनि नेपालमा ल्याएर राख्न चुनौति रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाई छ । सरकारले सहज विकल्पहरु खोजिरहेको र खोप उपलब्ध भएपछि ल्याउनका लागि सबै प्रक्रिया अघि बढाएको मन्त्री ज्ञवालीले जानकारी दिएका छन् ।

नेपालका लागी सबैभन्दा उपयुक्त बेलायतमा बनिरहेको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेको खोप, चीनमा बनिरहेको सिनोभ्याक तथा अमेरिकामा बनिरहेको मोडेर्ना लगायतका खोप उपयुक्त हुन सक्ने विज्ञहरुले बताएका छन् । यी खोपहरु भण्डारण गर्नका लागि सहज र अन्य खोप भन्दा सस्तो रहेकोले यही विकल्पका लागि काम गर्नुपर्ने विज्ञहरुको सुझाव छ । तर नेपालमा खोप भण्डारण र वितरणका लागि भने पूर्वाधारको अभाव भएकोले यसतर्फ भने सरकारले ध्यान दिनुपर्ने विज्ञहरु बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *