ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आठ महिना पछि खुल्यो हलेसी धाम

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्र पूर्वको पशुपतिनाथ अर्थात हलेसी आठ महिना पछि खुल्ला भएको छ । कोरोना महामारीका कारण गत चैत्र ८ गते देखि बन्द गरिएको हलेसीका मुख्य गुफाहरु ( महादेव – पार्वती थान)  र बसाह गुफा खुल्ला गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाले सूचना टास गरेर हलेसी खुल्ला गरेको जनाएको छ । मंगलबार सूचना जारी गरेको नगरपालिकाले एक पटकमा बढिमा दश जनालाई मूलगेटबाट प्रवेश दिने , अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने, मन्दिरको भित्री परिसरमा फूल, अक्षता, अगरबत्ती जस्ता पूजाका सामग्री लैजान नपाइने नियम राखेको छ । जस्का लागि आवस्यक पुजा सामग्री मन्दिरलेनै गरेको छ ।

लामो समय पछि मन्दिर खुलेपछि श्रदालुको घुइचो बढेको छ । स्थानिय प्रशासनले कोरोना महामारीले प्रतिकूल असर पर्ने सम्भावना देखिए स्थानीय प्रशासनसँगको समन्वयमा जुनसुकै बेला पुनः मन्दिर प्रवेशमा रोक लगाइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *